आज नेप्सेमा २१.३० अंकको वृद्धी

१९ कात्तिक ८०, सोमबार

२० कार्तिक,काठमाण्डौ ।

Advertisement

सोमबार २१.३० अंकले बजार बढेको छ। अघिल्लो दिन नेप्से परिसूचक २१.४६ अंकले घटेको थियो।नेप्से बढेपनि लगानीकर्तामा अझै पनि बजारको वृद्धिलाई लिएर अन्यौल रहेको देखिन्छ।यसकारण कारोबार रकम भने बढ्न सकेन। अघिल्लो दिन ९७ करोड २३ लाख ६७ हजार २७८ रूपैयाँको कारोबार भएकोमा आज ९३ करोड ८९ लाख २९ हजार ४० रूपैयाँको सेयर कारोबार भएको छ।

यस दिन २८३ वटा धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको हो। यसमध्ये २१९ वटा ऋणपत्र तथा धितोपत्रको सेयर मूल्य बढेको छ भने ४९ वटाको घटेको छ।सोमबार हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३६५ रूपैयाँ पुगेको छ।

Advertisement

यस्तै सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रति कित्ता ७५३ रूपैयाँ कायम भएको छ।सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्‍मी लघुवित्त वित्तीय संस्था रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६३७ रूपैयाँ कायम गरिएको छ।

सोमबार सोल्टी होटल लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४२८ रूपैयाँ ५० पैसामा ६ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद(बिक्री हुने दोस्रो कम्पनीमा सोना मिनिरल्स एन्ड ओइल लिमिटेड रहेको छ।

Advertisement

कम्पनीको प्रतिकित्ता २४४ रूपैयाँमा ५ करोड ६२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचकमा सुधार देखिएको छ। त्यसमध्ये सबैभन्दा धेरै होटल्स तथा पर्यटन समूहको परिसूचक ३।७३ प्रतिशत बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top