×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

हनी सिंहले १२ वर्षको वैवाहिक सम्बन्ध टुंग्याए,कारण हिंसा

२२ कार्तिक २०८०

२२ कार्तिक,एजेन्सी ।
भारतीय ¥यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार दिल्लीको परिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेदलाई अनुमति दिएको हो। साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो।

सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनले हनी सिंह र उनको परिवारबाट पटक–पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन्। उनका अनुसार उनले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेका थिए।

Advertisement
Advertisement

हनी बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ’ब्राउन रङ दे गीत’ को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी थिइन्। यसैविरुद्ध उनले १० करोड भारू क्षतिपूर्तिको माग गरेकी थिइन्। केही समयपछि दुवै पक्षबीच सहमति भएपछि सालिनीले मुद्दा फिर्ता लिएकी थिइन्।

अदालतले हनीलाई सालिनीसँग आफ्नो वैवाहिक सम्बन्धलाई अर्काे अवसर दिन चाहन्छौं भनेर सोध्दा हनीले सालिनीसँग बस्नु कुनै औचित्य नभएको बताएका थिए। हनी र सालिनीले सन् २०११ मा विवाह गरेका थिए। तर सन् २०१४ मा आएर मात्र हनी सिंह वैवाहिक पुरुष हुन् भन्ने खुलासा भएको थियो। उनले आफ्नो गायन करियरमा बाधा नआओस् भन्ने उद्देश्यका साथ वैवाहिक सम्बन्धबारे बोलेका थिएनन्।

डिसेम्बर २०२२ मा आयोजित एक कार्यक्रममा हनीले आफ्नी प्रेमिका टीना थडानीको बारेमा आधिकारिक जानकारी दिएका थिए । अनी अहिले एक क्यानेडियन मोडलसँग सम्बन्धमा रहेको भारतीय संचारमाध्यामहरुले दावी गरेका छन् । एक अन्तर्वार्तामा हनीले टिनालाई पहिलो पटक दुबईमा भेटेको बताएका थिए ।

टिना मुम्बईमा बस्ने क्यानेडियन मोडल र अभिनेत्री हुन्। उनी हनी सिंहको गीत ‘पेरिस का ट्रिप’ मा पनि मुख्य भूमिकामा देखिएकी थिइन् । यसैबीच हनी गम्भीर मानसिक रोग, वाइपोलर डिस्अर्डरबाट पीडित छन्। एक अन्तर्वार्तामा हनीले भनेका थिए‘सत्य यो हो कि म बाइपोलर डिसअर्डरसँग संघर्ष गरिरहेको छु ।

Advertisement
Advertisement

यो सबै १८ महिनासम्म चल्यो, जसमा मैले चार डाक्टर परिवर्तन गरें। औषधिले मलाई काम गर्दैन। मलाई अनौठो कुराहरू भइरहेका थिए। बाइपोलर डिसअर्डरसँगै हनी मदिरा लतको शिकार भएका थिए ।यसका लागि उनले उपचार पनि गर्नुपरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top