×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

चारदेशीय टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार

३० कार्तिक २०८०

३० कार्तिक, एजेन्सी ।

चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । घरेलु टीम हङकङसँग ९ विकेटको लज्जास्पद हारसँगै नेपाल सिरिजको फाइनल दौडबाट पाखा लाग्यो । नेपाल यसअघि तान्जानियासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ भने फाइनलमा पुगेको छ ।

Advertisement
Advertisement

अब नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका लागि हङकङसँग भिड्ने छ । फाइनलमा पुग्न असफल भएका नेपाल र जापान तेस्रो स्थानका लागि खेल्नेछन् । नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै ५६ रनको कमजोर स्कोर खडा गरेको थियो । नेपालका लागि रुबिना क्षेत्रीले मात्रै हङकङका बलरहरुको प्रतिरोध गर्न सकिन् ।

उनले ३० बलमा २५ बनाएर आउट भइन् । अन्य कुनै पनि ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन् । जवाफी ब्याटिङमा हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भयो । नेपालले एउटा विकेट पनि रनआउटबाट प्राप्त गरेको थियो ।

यसअघि बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई—दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङ्कङ चार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा तान्जनियाभन्दा हङकङ अगाडि छ । हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन् ।

Advertisement
Advertisement

नेपालले आफ्नो तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ । सोही दिन तान्जनिया र हङ्कङबिच अर्को खेल हुनेछ । नेपाल र जापान दुबै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार आपसमा भिडन्त गर्नेछन् । पहिलो र दोस्रो स्थानका लागि भने हङ्कङ र तान्जनियाबिच आइतबार नै खेल हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top