१ मंसिर, एजेन्सी ।
महाशक्ति मानिएको अमेरिकासहित पूरा युरोपसँग युक्रेनलाई लिएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा भिडिरहेको रुसले अन्तरिक्ष अभियानमा पनि आफ्नो उपस्थिती बलियो बनाउने भएको छ । रुसले इतिहासमै पहिलो पटक चन्द्रमामा अवतरणका लागि अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ । आगामी दशकमा चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि छ ।
यसका लागि प्रस्तावको रूपरेखा तयार गरिएको छ । समाचार एजेन्सी तासका अनुशार रुसी एयरस्पेश कम्पनी इनर्जियाका भ्लादिमिर सोलोभियोभले मानव अन्तरिक्ष उडानहरूको लागि प्रस्तावहरू रेखांकित गरेका छन् । लुभ्रे बेस २०३१–२०२४ को परिचालनको योजना तयार गर्नुका साथै प्रस्तावमा चन्द्रमाको श्रोतको दोहन गर्ने कुरा पनि छ ।
रुसको पहिलो चन्द्रयान यस वर्षको अगस्टमा असफल भएको थियो । लुना–२५ अन्तरिक्ष यान नियन्त्रण बाहिर गएर चन्द्रमासँग ठोक्किएको थियो । अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले सन् १९६९ मा पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए तर त्यसभन्दा धेरै अगाडि सोभियत संघको लुना–२ मिसन चन्द्रमाको सतहमा पुग्ने पहिलो अन्तरिक्ष यान थियो ।
अमेरिकी अन्तरिक्ष यात्री आर्मस्ट्रङले सन् १९६९ मा चन्द्रमामा पाइला राखेका थिए । यसपछि सन् १९६९ देखि १९७२ सम्म अमेरिकाको अपोलो मिसनका १२ जना अन्तरिक्ष यात्री चन्द्रमामा पुगेका थिए । तर, लगभग ५० वर्षसम्म अमेरिकीहरूले चन्द्रमामा मानिस पठाउन खासै चासो देखाएनन् ।
अमेरिकाले ५० वर्षअघि चन्द्रमामा मानिस पठाएको थियो । अमेरिकापछि चीन चन्द्रमामा मानिस पठाउने दोस्रो देश बन्न चाहन्छ । रुस पनि अहिले लाइनमा छ । यस वर्ष जुलाईमा मानवयुक्त चन्द्रमा मिसनसँग सम्बन्धित जानकारी खुलासा गर्दै चीनले मिसनसँग सम्बन्धित अनुसन्धान केन्द्रहरू स्थापना गर्ने योजनाको बारेमा बताएको छ।
यो मिसन सन् २०३० सम्म पूरा हुने अपेक्षा गरिएको छ । यसमा चन्द्रमाको कक्षमा ल्यान्डर र मानवसहितको यान पठाइनेछ। चाइना मानव अन्तरिक्ष एजेन्सीका उपप्रमुख इन्जिनियर झाङ हाइलियनका अनुसार यो मिसन सन् २०३० भन्दा अगाडि नै हुने अपेक्षा गरिएको छ ।
यो चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्ने परियोजनाको एक हिस्सा हो। झाङले दुई लन्च भेहिकल, एउटा ल्यान्डर र एउटा मानवयुक्त अन्तरिक्षयानलाई चन्द्रमाको कक्षमा पठाएर एकअर्कासँग जोडिने बताएका छने । डकिङ पछि, अन्तरिक्ष यानमा सवार चिनियाँ अन्तरिक्ष यात्रीहरू ल्यान्डरमा प्रवेश गर्नेछन् जुन चन्द्रमाको सतहमा अवतरण हुनेछ।