×

NEPAL TIMES UPDATES

Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026

अमेरिका र चीनपछि रुसले पनि चन्द्रमामा मानिस पठाउने

१ मंसिर २०८०

१ मंसिर, एजेन्सी ।
महाशक्ति मानिएको अमेरिकासहित पूरा युरोपसँग युक्रेनलाई लिएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा भिडिरहेको रुसले अन्तरिक्ष अभियानमा पनि आफ्नो उपस्थिती बलियो बनाउने भएको छ । रुसले इतिहासमै पहिलो पटक चन्द्रमामा अवतरणका लागि अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ । आगामी दशकमा चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि छ ।

यसका लागि प्रस्तावको रूपरेखा तयार गरिएको छ । समाचार एजेन्सी तासका अनुशार रुसी एयरस्पेश कम्पनी इनर्जियाका भ्लादिमिर सोलोभियोभले मानव अन्तरिक्ष उडानहरूको लागि प्रस्तावहरू रेखांकित गरेका छन् । लुभ्रे बेस २०३१–२०२४ को परिचालनको योजना तयार गर्नुका साथै प्रस्तावमा चन्द्रमाको श्रोतको दोहन गर्ने कुरा पनि छ ।

Advertisement
Advertisement

रुसको पहिलो चन्द्रयान यस वर्षको अगस्टमा असफल भएको थियो । लुना–२५ अन्तरिक्ष यान नियन्त्रण बाहिर गएर चन्द्रमासँग ठोक्किएको थियो । अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले सन् १९६९ मा पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए तर त्यसभन्दा धेरै अगाडि सोभियत संघको लुना–२ मिसन चन्द्रमाको सतहमा पुग्ने पहिलो अन्तरिक्ष यान थियो ।

अमेरिकी अन्तरिक्ष यात्री आर्मस्ट्रङले सन् १९६९ मा चन्द्रमामा पाइला राखेका थिए । यसपछि सन् १९६९ देखि १९७२ सम्म अमेरिकाको अपोलो मिसनका १२ जना अन्तरिक्ष यात्री चन्द्रमामा पुगेका थिए । तर, लगभग ५० वर्षसम्म अमेरिकीहरूले चन्द्रमामा मानिस पठाउन खासै चासो देखाएनन् ।

अमेरिकाले ५० वर्षअघि चन्द्रमामा मानिस पठाएको थियो । अमेरिकापछि चीन चन्द्रमामा मानिस पठाउने दोस्रो देश बन्न चाहन्छ । रुस पनि अहिले लाइनमा छ । यस वर्ष जुलाईमा मानवयुक्त चन्द्रमा मिसनसँग सम्बन्धित जानकारी खुलासा गर्दै चीनले मिसनसँग सम्बन्धित अनुसन्धान केन्द्रहरू स्थापना गर्ने योजनाको बारेमा बताएको छ।

यो मिसन सन् २०३० सम्म पूरा हुने अपेक्षा गरिएको छ । यसमा चन्द्रमाको कक्षमा ल्यान्डर र मानवसहितको यान पठाइनेछ। चाइना मानव अन्तरिक्ष एजेन्सीका उपप्रमुख इन्जिनियर झाङ हाइलियनका अनुसार यो मिसन सन् २०३० भन्दा अगाडि नै हुने अपेक्षा गरिएको छ ।

Advertisement

यो चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्ने परियोजनाको एक हिस्सा हो। झाङले दुई लन्च भेहिकल, एउटा ल्यान्डर र एउटा मानवयुक्त अन्तरिक्षयानलाई चन्द्रमाको कक्षमा पठाएर एकअर्कासँग जोडिने बताएका छने । डकिङ पछि, अन्तरिक्ष यानमा सवार चिनियाँ अन्तरिक्ष यात्रीहरू ल्यान्डरमा प्रवेश गर्नेछन् जुन चन्द्रमाको सतहमा अवतरण हुनेछ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top