Nepal Times
Nepal Times
1.26k
Shares

आजै प्रतितोला २३ सयले बढ्यो सुनको भाउ

आजै प्रतितोला २३ सयले बढ्यो सुनको भाउ

१ मंसिर , काठमाण्डौ ।
सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो ।यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.