आज सुनको मूल्य बढ्दा, चाँदीको स्थिर

३ मंसिर ८०, सोमबार

४ मंसिर,काठमाण्डौ ।

Advertisement

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top