एनसेलको नयाँ मालिक सतिशलाल आचार्य, को हुन् ?

१५ मंसिर ८०, शनिबार

१६ मंसिर,काठमाण्डौ ।
एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले किन्ने सम्झौता भएको छ । आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर किनेको हो । उक्त कम्पनीले आजियाटासँग सम्झौता गरेको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअगाडि नै २० प्रतिशत सेयर थियो ।

अब एनसेलको शतप्रतिशत सेयर नै स्पेक्ट्रलाइटको रहने छ । ‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्पेक्ट्रलाइट खुसी छ,’ आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो । बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो । आजियाटाले सन् २०१६मा स्विडिस कम्पनी टेलिया सोनेरासँग सेयर किनेको थियो । त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी थियो ।

एनसेलको नयाँ मालिक बनेका आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् । उनले शतप्रतिशत सेयर किनेपछि एनसेलका सीईओ जाबोर क्युमोभले भनेका छन्, “नयाँ सेयरधनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रुपमा कायम राख्नु हाम्रो उद्देश्य हुनेछ ।”

आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।

दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो । तर, नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ । आजियाटाले पहिले नै बिक्रीका लागि डिल फाइनल गरी एनसेलबाट बाहिरिने घोषणा गरेको हुनसक्ने आकलन गरिएको थियो।

सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो । त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा ।

सन् २०१६ को अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो । सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो । एनसेलमा यसअघि ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको रहेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top