कोप–२८ः प्रचण्डले आज सम्बोधन गर्दै

१५ मंसिर ८०, शनिबार

१६मंसिर,एजेन्सी ।
जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् । यसैबीच कोप–२८ मा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ ।

यस पटकको कोप सम्मेलनमा नेपालले महत्त्वपूर्ण स्थान पाएपछि सरकार पनि हर्षित देखिएको छ । सम्मेलनको दोस्रो दिन शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो सम्बोधनको क्रममा नेपालको नाम प्राथमिकताका साथ उच्चारण गरे ।

सम्बोधनको क्रममा गुटेरेसले भने, ‘नेपाल र अन्र्टाटिका पृथ्वीको फरक ध्रुवमा छन् । तर यिनीहरूले भोगिरहेको समस्या भने एउटै छ । नेपाल र अन्र्टाटिका दुवैमा हिँउ पग्लिरहेको छ । यो सबै जलवायु परिवर्तनका कारण भइरहेको हो।’ जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको समस्याबारे चर्चा भइरहँदा सम्मेलनमा नेपालले भोगिरहेको समस्याबारे चर्चा हुनुले पनि विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको देखिन्छ ।

केही समयपहिले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको भ्रमण गरेका थिए । त्यस क्रममा उनले नेपालका हिमालहरू काला हुँदै गएको र पृथ्वीमा बढेको तापक्रमका कारण हिँउ पग्लिरहेको दृश्य देखेको बताएका थिए । जलवायु शिखर सम्मेलनमा गुटेरेसले नेपालको नाम लिँदै जलवायु परिवर्तनका कारण विश्वले भोगिरहेको समस्याबारे चर्चा गरे ।

साथै उनले विकसित देशले उत्सर्जन गरिरहेको कार्बनका कारण अल्पविकसित देशहरूले भोग्नु परिरहेको समस्याबारे पनि गम्भीर हुनुपर्ने बताए । नेपाललगायत विश्वका अन्य देशहरूमा रहेका हिमालहरू पग्लिरहेको भन्दै उनले अब हिमालहरूको संरक्षणमा विश्वको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

गुटेरेसले सम्बोधनको क्रममा नेपाल र अन्र्टाटिकाको मात्र नाम लिएका थिए । यसले पनि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको चुनौतीबारे विश्व समुदायले जान्ने मौका पाएको र अब नेपालका मुद्दाहरू सम्बोधन हुने सरकारको विश्वास छ ।

सम्मेलनमा गुटेरेसले गरेको सम्बोधनपछि नेपाल सरकारले पनि यस पटकको कोप सम्मेलनमा नेपालले महत्त्वपूर्ण स्थान पाएको निष्कर्ष निकालेको हो । कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ ।

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top