×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

रुसी सेना बनेका नेपालीलाई फिर्ता गर्न नेपालले लेख्यो ‘नोट’

१९ मंसिर २०८०

१९ मंसिर,एजेन्सी ।
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई आग्रह गरेको छ । रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’ यस क्रममा सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गरिरहेको पनि उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रबाहेक अन्य मुलुकमा अनुमति दिने कुनै नीति छैन । परराष्ट्र मन्त्रालयले सोमबार मात्र रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ६ नेपालीको विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन् ।

परराष्ट्रले मृतकका शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई अनुरोध गरेको छ । रुसले गत चैतदेखि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसी र नेपाली मानव तस्करहरूबीच सम्बन्ध स्थापित भएपछि गत जेठबाट भर्ती प्रक्रियाले तीव्रता लिएको बुझिएको छ ।

नेपालले त्रिभुवन विमानस्थल हुँदै रुस जान रोक लगाएपछि विकल्पमा भारत हुँदै रुस जानका लागि २८ जना नेपाली युवा दिल्लीस्थित नेपाली दूतावासमा नो अब्जेक्सन लेटर (एनओसी) लिन पुगेका थिए । अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय नेपाली रुस पुगेका थिए ।

त्यसबाहेक यूएईबाट पनि नेपालीहरू रुस गएका छन । कात्तिक २७ मा मारिएका इलामका गंगाराज मोक्तान पनि यूएईबाटै गएका थिए । उनी चार वर्षदेखि यूएईमा सुरक्षा गार्ड थिए । रुसी सेनामा काम गरेको एक वर्षमा नागरिकता पाइने र महिनाको तीन लाख रुपैयाँसम्म तलब पाउने लोभमा नेपाली युवा मानव तस्करको जालोमा फसेका हुन ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top