नेपालमा शक्तिशाली ‘मिचोङ्ग’ आँधीको प्रभाव

१९ मंसिर ८०, मंगलबार
Share this
773shares

१९ मंसिर,काठमाण्डौ ।
नेपालको पूर्वी क्षेत्रमा हाल ‘मिचोङ्ग’ नामक शक्तिशाली सामुद्रिक आँधीको आंशिक प्रभाव परिरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित उक्त सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी क्षेत्रमा परिरहेको हो ।

Advertisement

‘त्यसले अहिले कोशी र मधेश प्रदेशका आकाशमा बादल ल्याइरहेको छ’, उनले भने, ‘जसका कारण मौसम आंशिक बदली भएको छ, हावाको गति पनि केही बढेको छ।’ उनका अनुसार त्यो सामुद्रिक आँधीको प्रभावले नेपालमा आंशिक बदली अर्थात आकाशमा बादल मात्र गराउने सम्भावना देखिएको छ ।

उनले भनेका छन्, ‘अहिलेसम्मको अनुमानमा वर्षा गराउने देखिएको छैन् । यस्तै हाल देशमा ‘पश्चिमी वायु’ र भारतको उत्तरप्रदेशआसपास रहेको ‘न्यून चापीय क्षेत्र’को पनि प्रभाव रहेको मौसमविद्ले बताएका छन् । जसका कारण आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

Advertisement

हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो । हिमपात भएसँगै हिमाली क्षेत्रका किसान फुरुङ्ग भएका छन् । मनाङ मुस्ताङका उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । अहिलेको हिउँले हिउँदे बालीलाई फाइदा पुग्ने किसानले बताएका छन् ।

हिमपातले चिसो भने बढाएको छ । मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top