सन्दिप पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा ,छनोट भए १ लाख ७० हजार डलर कमाउने

२० मंसिर ८०, बिहीबार

२१ मंसिर,एजेन्सी ।

विग एक वर्षदेखि कुनैपनि अन्तराष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमा नदेखिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली खेलाडी सन्दिप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् ।

प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ । ‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ ।

Advertisement

सन्दिप विदेशी खेलाडीका रुपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् । उनले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । उनले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए । पाकिस्तान सुपर लिगको अगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।

सन्दिपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम कुर्रन, न्युजिल्यान्डका जेम्स निसाम, दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका, वेस्ट इन्डिजका काइरन पोलार्ड, रोभमन पोवेल, रोमारियो सेफर्ड, ब्रान्डन किङ र कायले मायर्स पनि ‘ड्राफ्ट’ मा परेका छन् ।

Advertisement

यस्तै सन् २०२४ मा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि सन्दिपले ‘अक्सन’ का लागि आफ्नो नाम दर्ता गराएका छन् । त्याहा नेपालसहित नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र अमेरिकाका खेलाडीले ‘अक्सन’ का लागि नाम दर्ता गराएको समाचारमा जनाइएको छ ।

नेपालले पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय गरेको उत्कृष्ट प्रदर्शनका कारण केही नेपाली खेलाडी पनि आईपीएलको अक्सनका लागि सूचीकृत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सर्ट लिस्टमा परेका नेपाली खेलाडी मात्र अक्सनमा जाने छन् ।

यस पटक नेपालबाट सन्दीप लामिछानेसँगै कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएको समाचारमा जनाइएको छ । यसअघि लामिछानेले आईपीएल खेलिसकेका छन् । उनले दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेलेका थिए । उनीबाहेक अन्य नेपाली खेलाडी भने हालसम्म सर्ट लिस्टमा पर्न सकेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top