भदौमा प्रधान सेनापति बन्ने अशोकराज सिग्देल को हुन् ?

२० मंसिर ८०, बिहीबार

२१ म्ंसिर, काठमाण्डौ ।
नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय भएको बताइन्।

मंसिर १७ गते सिग्देललाई रथीमा बढुवा गर्न भन्दै नेपाली सेनाले सिफारिस गरेको थियो। सिग्देल रथीमा बढुवा भएसँगै भावि प्रधान सेनापति बन्ने भएका छन्। हालका प्रधान सेनापछि प्रभुराम शर्मा आगामी भदौमा अवकाशमा जाँदैछन्। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सहायक रथी सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।

यसअघि रथीमा बढुवा सिफारिस गरिएका उपरथी ताराध्वज पाण्डेले उमेर विवादमा पदबाट राजीनामा दिएपछि अशोक प्रधानसेनापति बन्ने गरी रथ ीबनेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि नौ महिनापछि सकिँदै छ।

Advertisement

यसअघि रथीमा बढुवा सिफारिस भएपछि पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो। जन्म मिति विवाद बल्झेपछि उनले राजीनामा दिएका छन् । सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गते अवकाशमा गएपछि रथीको उक्त दरबन्दी रिक्त भएको हो।

अर्का रथी सीताराम खड्का पुस ३ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। सेनामा अवकाशको १५ दिनअघि अनिवार्य बिदा बस्ने परम्परा छ। रथीमा बढुवा सिफारिस गरिएका पाण्डेले जन्म मिति विवादमा परेर राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्मा नैतिक संकटमा परेका छन्।

Advertisement

पाण्डे जन्म मिति विवादमा तानिएपछि सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जन्म मितिमा कुनै विवाद नभएको र यसअघि नै परीक्षण भइसकेको बताएको थियो। तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा अशोकराज सिग्देल, पाण्डेलगायत सैनिक अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्म मिति फरकफरक परेको उजुरी बढुवा सिफारिस समितिमा परेपछि छानबिन गरिएको थियो।

त्यसबेला छानबिन समितिमा हालका सेनापति शर्मा पनि थिए। छानबिन समितिले सिग्देल, पाण्डेसहितलाई सफाइ दिएको थियो। उपरथीमा बढुवा हुँदा उमेर यकिन भएका भनिएका पाण्डेले अहिले रथीमा बढुवा सिफारिसमा परेपछि उमेर विवादकै कारण राजीनामा दिएका हुन्।

पाण्डेले राजीनामा दिएपछि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा हुने रोलक्रममा थिए । सिग्देल २०७६ असोजमा उपरथी भएका थिए। सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृतका रूपमा सिग्देलको पहिचान छ।

तनहुँमा जन्मेका सिग्देलको स्थायी घर भैरहवा हो । नेपाली सेनाका वरिष्ठ उपरथी सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हाइयर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top