प्रधानमन्त्रीले विपिनका आमाबाबुलाई भेटे

२२ मंसिर, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बन्धक बनाइएका विद्यार्थी विपिन जोशीका बुवाआमासँग कैलालीमा भेट गरेका छन् ।

हमास र इजरायलबीच युद्धका क्रममा हमासले नियन्त्रणमा राखेको विपिनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यसैबीच आज प्रधानमन्त्री प्रचण्डले कैलालीस्थित विमानस्थलमा विपिनका बाबुआमासँग भेट गरेका हुन् ।

Advertisement

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा इजरायलीसहित विभिन्न देशका २४० नागरिकलाई बन्धक बनाएर गाजा लगेको बताइएको छ ।

जसमा नेपालका विपिन जोशी पनि रहेको भनिएको छ। हमासको आक्रमणमा इजरायलमा १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए । त्यसयता हमासविरुद्ध इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको थियो ।

जसमा परी अहिलेसम्म १३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले इजरायललाई निरन्तर दबाब दिएपछि बीचमा ७ दिन युद्धविराम गरिए पनि फेरि बमबारी सुरु भइसकेको छ ।

युद्धविराममा १ सय १० जना हमासले रिहाइ गरेपनि त्यसमा विपिन अटाउन सकेनन् । डिसेम्बर ७ तारिख इजरायलमा हमासले आक्रमण गरेको दुई महिना पूरा भएको छ ।

गाजामा हमासविरुद्धको आक्रमणको क्रममा इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले सो घोषणा गरेको सीएनएनले जनाएको छ ।

गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गलको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । उनका बुवा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे ।

अक्टोबर ७ मा हमासले गरेको हमलापछि उनी युद्धकालको इजरायली मन्त्रिपरिषद्मा बिनाविभागीयमन्त्रीका रूपमा सामेल छन् । गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

उत्तरी गाजा लगायत दक्षिणी गाजाका धेरै क्षेत्रमा इजरायलको भारी बमबारी जारी छ। गाजाको उत्तरमा रहेको जबलिया शरणार्थी शिविरमा इजरायलको भीषण बमबारी जारी छ।

यो गाजापट्टीको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्र मात्र होइन, यो त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविर पनि हो।

संयुक्त राष्ट्रसंघका अनुसार युद्धअघि १.४ वर्ग किलोमिटरको यो क्षेत्रमा १ लाख १५ हजार मानिस बस्ने गरेका थिए। इजरायली सेनाले गाजाको दक्षिणमा रहेको खान युनिस सहरमा प्रवेश गरेको र गाजामा हमासको राजनीतिक शाखाका प्रमुख याह्या सिनवारको घर घेरेको दाबी गरेको छ।

६१ वर्षीय सिनवार हमास प्रमुख इस्माइल हानियापछि हमासको दोस्रो कमान्डमा छन्। इजरायली सेनाले उनी घरमा नभएको बताएको छ।

कसैले पत्ता लगाउन नसकुन् भनेर उनी आफ्ना सुरक्षाकर्मीसहित सुरुङभित्र कतै लुकेर बसेको र कसैको सम्पर्कमा नरहेको विश्वास गरिएको छ।

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म १७ हजार १७७ जनाको मृत्यु भएको र ४६ हजार घाइते भएको जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top