×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक

२२ मंसिर २०८०

२२ मंसिर, विराटनगर । अर्को वर्ष आयोजना हुने कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ ।

दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भएपनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो ।

Advertisement
Advertisement

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ टोलीले सहभागिता जनाउनेछन् ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुङ्गो प्लेअफबाट लाग्नेछ ।

शुक्रबार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा छ । यस समूहमा पेरु र चिली पनि छन् । कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् ।

समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् । यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ । २०२४ जुन २० देखि जुलाई १४ सम्म हुने कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा सञ्चालन हुनेछ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top