Nepal Times
Nepal Times
3
Shares

दाङ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत, रङ्गरोगन सुरु

दाङ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत, रङ्गरोगन सुरु

२२ मंसिर, दाङ । नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गरोगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मत र रङ्गरोगन गर्ने काम भइरहेको छ ।

कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुट्याउने ७७ मध्ये ३५ वटा सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम शुरु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसअघि २०७४/०७५ तिर नापी विभागकै टोलीले जिल्लामा सीमा स्तम्भको मर्मत गरेको थियो ।

अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको तर्फबाट सीमा स्तम्भको सरसफाइ, रङ्गरोगन र मर्मतको काम भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार दाङमा ३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ रहेका छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमा स्तम्भको अहिले नेपालले मर्मत गर्न थालेको छ ।

उनका अनुसार नेपाल र भारतबीच भएको सहमतिका आधारमा सीमा स्तम्भ मर्मतको काम विभाजन गरेर थालिएको छ ।

यो सहमतिमा जोर अङ्कका सीमा स्तम्भ भारतले मर्मत गर्ने उल्लेख थियो भने बिजोर अङ्कका सीमा स्तम्भ नेपालले मर्मत गर्ने भन्ने थियो ।

दुई देशीय सम्झौताअनुसार बिजोर अङ्कका सीमा स्तम्भको मर्मत तथा रङ्गरोगनको काम नेपालको तर्फबाट भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

दुई देशीय सम्झौताअनुसार जोर अङ्कका सीमा स्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यसअघि नै काम गरिसकेको छ ।

तस्बिर : आलोक भावुक

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.