१० किलो सुन पछ्याउदा १४ किलो भेटियो, २ किलो नागढुंगामा

२१ मंसिर ८०, शुक्रबार

२२ मंसिर, काठमाण्डौ ।
दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल संयोजक रहेको उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए।

गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ । भन्सार कार्यालयका अनुसार उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।

यता त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भने १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए ।

Advertisement

विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै दुबईबाट १० किलो सुन आउँदै छ भन्ने सूचना प्राप्त भएको थियो । सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो ।

सूचना दिने व्यक्तिले १० किलो सुन आउँदै छ भनेपछि आफूहरूले निगरानी बढाएको र प्रमुख प्रशासक आफै फिल्डमा खटिएको पाण्डेले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. पाण्डेले पक्राउ परेका व्यक्तिलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए सुन फेला नपर्न पनि सक्ने संकेत गरेका छन् ।

Advertisement

पाण्डेले विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा लिएको कारण ठुलो परिमाणको सुन बरामद गर्न सकिएको बताए । यस्तै काठमाडौंको नागढुंगाबाट पनि प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताएका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ का २८ वर्षीय ग्यालसिंह तामाङ, २६ वर्षीय वीरु तामाङ र स्याफ्रुबेसीका २१ वर्षीय सुनिल भुजेल रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन गाल्ने कारखानामा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top