पुटिन र रायसीको भेटवार्ताले हल्लियो अमेरिका

२२ मंसिर, एजेन्सी ।
इजरायल र अमेरिकी आक्रमणको धम्कीको सामना गर्दै इरानी राष्ट्रपति इब्राहिम अल रायसीले रुसको भ्रमण गरेका छन् । इरानी राष्ट्रपतिले बिहीबार रुसी राष्ट्रपतिसँग भेट गरेका थिए । पुटिन र राईसीबीचको भेट गोप्य रुपमा भएको र यसबारे कुनै वक्तव्य जारी गरिएको छैन ।

यस रहस्यमय भेटका बीच अमेरिकाले इरानले रुसबाट घातक हतियारको भण्डार किन्न चाहेका भन्दै चेतावनी दिएको छ । यी रुसी हतियारका आधारमा इरानले यस क्षेत्रलाई अस्थिर बनाउन आफ्नो शक्ति बढाउने अमेरिकाले जनाएको छ ।

इजरायल र हमासबीचको युद्धका कारण पुरै पश्चिम एसियामा निकै तनावपूर्ण वातावरण बनेको बेला इरानी राष्ट्रपतिले पुटिनसँग भेटवार्ता गरेका हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामीसँग विश्वास गर्ने कारण छ कि उनीहरू (इरान) केही घातक हमला गर्ने हेलिकप्टर, लडाकु विमान, मिसाइलहरू किन्न चाहन्छन्।

Advertisement

दुई देशबीचको रक्षा सम्बन्ध स्पष्ट रूपमा धेरै तीव्र गतिमा बढिरहेको छ। अतिरिक्त सैन्य क्षमता हासिल गर्ने इरानको जिद्धीपन पश्चिम एसियाका लागि निकै चिन्ताजनक रहेको उनले बताएका छन् । यसअघि इरानी अधिकारीहरूले रुससँग सैन्य सहयोग दिनप्रतिदिन बढ्दै गएको बताएका थिए ।

इरानले गत महिना रुससँग सुखोई–३५ लडाकु विमान, एमआई–२८ आक्रमण हेलिकप्टर र याक–१३० पाइलट प्रशिक्षण विमानका लागि सम्झौता गरेको बताएको थियो । तर इरानी नेता र पुटिनले भने यो बढ्दो सैन्य संलग्नताको बारेमा केही बताएका छैनन् ।

Advertisement

पुटिनले मध्यपूर्वको अवस्थाबारेको छलफल गर्न निकै महत्त्वपूर्ण रहेको बताएका छन् । यसमा प्यालेस्टिनी क्षेत्रको मुद्दा पनि विशेष महत्वपूर्ण छ। पुटिनको यो भनाइमा इरानी राष्ट्रपतिले प्यालेस्टाइन र गाजामा जे भइरहेको छ त्यो पक्कै पनि नरसंहार र मानवताविरुद्धको अपराध भएको बताएका छन् ।

इरानी नेताले अमेरिका र पश्चिमा देशहरूले यसलाई समर्थन गरिरहनु दुःखद भएको बताएका छन् । किर्बीले रातोसागरमा हुथी आक्रमणको पछाडि इरानको हात रहेको दोहोर्याएका छन् । उनले अमेरिकाले सामुद्रिक टास्क फोर्सलाई थप वृद्धि गर्न लागेको बताएका छन् ।

हुथीहरूले इजरायलले गाजामा आक्रमण बन्द नगरेसम्म क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राख्ने घोषणा गरेका छन्। इरानले यस सम्पूर्ण मामिलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top