गुट्काको प्रचार गरेपछि शाहरुख, अक्षय र अजय फन्दामा

२३ मंसिर ८०, आइतबार

२४ मंसिर,एजेन्सी ।
बलिउड चलचित्र उद्योगका तीन दिग्गज कलाकारहरु गुट्खाको प्रचार गरेपछि सरकारको नजमा तल परेका छन् भने कानूनी झमेलामा समेत फसेका छन् । गुट्खा कम्पनीका लागि विज्ञापनमा खेलेको भन्दै बलिउड सुपरस्टार शाहरुख खान, अक्षय कुमार र अजय देवगनलाई भारतीय केन्द्र सरकारले पत्र काटेको छ ।

यस मामिलामा एक निवेदनको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ बेन्चलाई यी तीनै सुपरस्टारकहाँ पत्र पठाइएको जानकार दिएको हो । डेपुटी सॉलिसिटर जनरल एसबी पाण्डेले उच्च अदालतलाई केन्द्रले अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई कारण देखाउ नोटिस जारी गरेको जवाफ दिएका हुन् ।

Advertisement

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय केन्द्र सरकारले शुक्रबार उच्च अदालतलाई दिएको जानकारीअनुसार यस मामिलामा अहिले सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ । त्यहीकारण उच्च अदालतमा दर्ता भएको निवेदन खारेज गर्न पनि केन्द्र सरकारले माग गरेको छ ।

Advertisement

उच्च अदालतमा यस मामिलाको सुनुवाइ आगामी ९ मे २०२४ मा हुँदैछ । यसअघि न्यायाधीश राजेश सिंह चौहानको बेन्चले केन्द्र सरकारलाई निवेदन दर्ता गर्नेको प्रतिनिधित्व कसले गर्ने भन्ने तय गर्न भनेको थियो । उक्त निवेदन दर्ता गर्ने व्यक्तिले अदालतमा अभिनेता र सेलिब्रिटीविरुद्ध कारबाही हुनुपर्ने माग गरेका थिए ।

उनले आफ्नो निवेदनमा जसलाई आफूहरूले हाई प्रोफाइल पुरस्कार दियो, उनैले गुट्खा कम्पनीको विज्ञापन गरेकाले कारबाही हुनुपर्ने जिकिर गरेका थिए । यसअघि अमिताभ बच्चनले गुटखा कम्पनीसँगको आफ्नो सम्झौता रद्द गरिसकेका बेला पनि आफ्नो विज्ञापन देखाएको भन्दै गुटखा कम्पनीलाई कानूनी नोटिस पठाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top