बालेन र हर्कको नियमित भेट, नयाँ शक्ति बनाउने ?

२८ मंसिर ८०, शुक्रबार

२९ मंसिर,काठमाण्डौ ।
मुलधारका राजनीतिक दलहरुले आगामी ०८४ को निर्वाचनका लागि बहुमत हासिल गर्ने लक्ष्य सहित विभिन्न कार्यक्रमका साथ मिसन ८४ अभियानको वकालत गरिरहेका बेला गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा मेयरमा निर्वाचित भएका दुई मेयरहरुले भने नयाँ शक्ति निमार्ण गर्ने जनाउँ दिएका छन् ।

Advertisement

स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित बालेन्द्र शाह बालेन शाहसँग पछिल्लो समय निरन्तरजसो छलफलमा रहेका अर्का स्वतन्त्र रुपमा मेयरमा निर्वाचित धरानका मेयर हर्क साम्पाङले नयाँ शक्ति निर्माण हुने संकेत गरेका छन्।

स्वतन्त्र रुपमा मेयर जितेका उनीहरुबीच पछिल्लोपटक निरन्तरजसो छलफल भइरहेको छ। पछिल्लोपटक २ मेयरबीच बिहीबार बिहान १ घण्टा छलफल भएको थियो। बिहिबार बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले छलफल गरेका थिए।

Advertisement

बिहिबारको भेटपछि साम्पाङले सामाजिक संजाल फेसबुकमा बालेनसँगको तस्बिर राख्दै आफूहरु विशाल बन्ने बताएका थिए। लेखेका थिए, ‘जीत हुन्छ क्रान्तिको शंकै नमान! हामी झन विशाल बन्छौँ धन्दै नमान!’ आगामी निर्वाचनका लागि नयाँ पार्टी खोलेर जान सक्ने अनुमान गरिरहेका बेला साम्पाङले सामाजिक सञ्जालमा नयाँ शक्ति निर्माण गर्ने उल्लेख गरेका हुन्।

साम्पाङले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘हतार नगर्नु, नयाँ शक्ति निर्माण हुनेछ!’ २०७९ सालको स्थानीय तह निर्वाचनमा शाह काठमाडौं र साम्पाङ धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धमा उत्रिएका थिए। स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेका दुवैको चुनाव चिह्न भने संयोगवस ‘लौरो’ रहेको थियो।

Advertisement

यद्यपि हर्कले विभिन्न अन्र्तवार्ताहरुमा भने बालेनसँग अनुभव साटासाट र विशुद्ध नगरका योजनाका बारेमा छलफल भएपनि नयाँ पार्टी गठनका विषयमा छलफल नभएको बताएका छन् । बालेनले भने मिसन ८४ भन्नेहरुप्रति लक्षित गर्दै केही समय अघि नै कडा टिप्पणी गरेका थिए । उनले लेखेका थिए, देश बन्छ , तिमीहरुको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top