×

NEPAL TIMES UPDATES

Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026

युरोप जाँदै गरेको पानीजहाज पल्टियो, ६१ आप्रवासी हराए

१ पुस ,एजेन्सी ।

लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको आशंका गरिएको छ । बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको बताएको छ ।

Advertisement
Advertisement

समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका छन् । उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो ।

यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ । समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार आईओएमले यो दुर्घटनामा ज्यान गुमाउने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको बताएको छ ।

उक्त समुद्री बाटो विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्गमध्ये एक बन्न पुगेको छ । गत जुनमा दक्षिणी ग्रीसमा माछा मार्ने डुङ्गामा चढेका आप्रवासीहरू डुब्दा कम्तीमा ७८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा अन्य १०० जनाको उद्धार गरिएको थियो ।

भूमध्यसागर पार गरेर युरोप जानका लागि प्रायः धेरै आप्रवासीहरूलाई उक्त मार्गबाट असुरक्षित रूपमा डुङ्गाहरूमा राखेर लगिएको देखिन्छ । त्यसरी असुरक्षित रूपमा यात्रा गर्नेहरूमध्ये अधिकांशले इटली पुग्ने आशा राखेका हुन्छन् ।

त्यहाँबाट उनीहरू अन्य युरोपेली देश जान चाहन्छन् । कतिपय आप्रवासीहरू द्वन्द्वका कारण देश छाडेका हुन्छन् भने कतिपयले चाहिँ कामका लागि युरोप जाने सपना देखेका हुन्छन् । आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो ।

प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसहरूले सागर पार गर्ने प्रयास गर्छन् । त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ । त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन् ।

Advertisement

मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्यूनिशिया पनि मुख्य प्रस्थानबिन्दु हो । युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ देखि २०२२ बीचमा झन्डै तीन लाख मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको थियो ।

भर्खरको समाचार

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

सम्बन्धित खबरहरु

Scroll to Top