प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मतिले अनुमोदन

प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौँ, भदौ २५
संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनीविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।

मिश्र विरुद्ध समितिमा परेका चार उजुरी मध्ये एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.