×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्रिश्चियन नमान्नेहरूलाई मन्त्री किराँतीले जेल हाल्ने

५ पुष २०८०

५ पुष ,विराटनगर ।
माओवादी केन्द्रको कोटाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा सुदन किरातीलाई प्रधानमन्त्री प्रचण्डले क्याविनेटमा ल्याउँदा माओवादीले युवालाई समेटेको भनेर निकै प्रशंसा भएको थियो । मन्त्री किराँती स्वयंले पनि युवामा जोश भरेका थिए । पुराना राजनीतिक शैली दोहोर्याउने भन्दा पनि नयाँ ढंगले काम गरेर देखाउने आशा जगाएका थिए ।

स्वयम प्रधानमन्त्रीले पनि किराँतीमा भविष्यमा प्रधानमन्त्री बन्ने क्षमता रहेको भन्दै प्रशंसा गरेका थिए । तर केही अनुगमन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य सुधारका बाहेक उनका हरेक निर्णयहरु विवादित बन्न पुगेका छन् । उनी प्रचण्ड नेतृत्वको सरकारका स्टन्ड मन्त्रीका रुपमा परिचित छन् ।

Advertisement

चाहे त्यो विमान किन्ने निर्णय होस् वा ग्राउण्ड ह्याडिलिंग, ल्हारक्याल लामाको नियुक्ति होस्, पशुपतिको जग्गा वा धरानमा एयरपोर्ट बनाउँने कुरा, सबैमा मन्त्री किराँती विवादमा घेरिए । पछिल्लो पटक उनको एउटा धार्मिक विद्वेश फैलाउने उत्तेजित अभिब्यक्तिले त झनै उनी आलोचनाको चुलीमै पुगेका छन् ।

धर्मका नाममा उनले दिएको पछिल्लो अभिब्यक्तिले किराँतीको राजीनामा नै मागिएको छ । खासमा उनी क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले विवादमा मुछिएका हुन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोहीको संज्ञा दिँदै जेल कोच्नुपर्ने अभिब्यक्ति दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने । मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।

उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ?’ किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’

उनको यो अभिब्यक्तिपछि सामाजिक संजालसंगै दलका नेताहरुले समेत किराँतीको राजीनामा मागिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन् । लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ।’ यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? भन्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यसैगरि रास्वपाकै सांसद मनिस झाले पनि एक्समा लेखेका छन्, मन्त्री किराँतीको धर्म र सम्बन्धित अभिब्यक्ति स्तरहीन र खेदजनक छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । ‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् ।’

उनले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । यस्तै सामाजिक संजालमा एमाले नेता गोकुल बाँस्कोटा लेख्छन्, संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या( हिन्दु, बौद्ध, मुश्लिम आदी) करिब ९८ प्रतिशत रहेछ । उनी अगाडि लेख्छन्, माओवादी अरु कसैका लागि सेना दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान भनेर लेखेका छन् ।

यस्तै अधिकारकर्मी मोहना अन्सारी सामाजिक संजालमा लेख्छिन्, कुन पदमा आशिन छु, पदिय मर्यादा विपरित गएर फलानो धर्म नमान्नेलाई हत्कडी लगाउछु, जेल कोच्छु भन्नु गैर जिम्मेवार र आस्थामा चोट पुर्याउने खालको अभिब्यक्ति दिन कसैलाई पनि छुट छैन फेरि चाहे ति मन्त्री किराँती नै किन नहुन ।

किराँतीको अभिब्यक्तिलाई लिएर राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालमा धर्मालम्बीको संख्यासहित मन्त्री सुदन किराँती ज्युको भनाई अनुसार हाम्रो नेपाल त सबै देश द्रोहीहरूबाट भरिएको रहेछ भन्दै लौ सरकार यो डाटा अनुसार सबैलाई जेल कोज्दे भनेका छन् ।

Advertisement

यसैबीच मन्त्री किराँतीको अभिब्यक्तिले ९८ दशलमव ५ प्रतिशत गैर ईसाइहरुको अपमान भएको भन्दै उनले राजीनामा नदिएसम्मका लागि भन्दै आज दिउँसो देखि पशुपति विकासकोषको कार्यालय अगाडि संगत संस्कृति परिवारले धर्ना सुरु गर्दैछ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top