×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

जसलाई प्रहरीले ६ वर्षदेखि खोज्यो, उनी जेलमै थिए

५ पुष २०८०

५ पुष, एजेन्सी ।
छ वर्षअघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरूलाई प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–३ (साविक हाँडिखोला–६) की अप्सरा भनिने ५० वर्षीय नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले ०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडी बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकि महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो ।

Advertisement
Advertisement

प्रहरीले ०७४ पुस २९ गते राति १०–११ बजेको समयमा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो ।

शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भुपु आर्मिसँग विवाह गराइदिन्छु भनि १५÷२० हजार रुपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनु भनि फोन गरी बोलाएका थिए । माछापोखरी एरियामा ३ जनाको भेट भएपश्चात् २÷३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडी बसेका थिए ।

शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६÷७ सय रुपैयाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गइ बसेका थिए भने अर्कोदिन बिहान पूर्व जाने गाडी चढी फरार रहेका रहेका थिए ।

अनुसन्धानका क्रममा हत्यामा उनीहरू दुवैजनाको संलग्नता रहेको खुलेको थियो । तर, उनीहरू दुवैजना फरार थिए । पक्राउ परेकामध्ये जगत विश्वकर्मा अहिले पक्राउ परेका हुन् । शिवराम अधिकारी भने चोरी मुद्दामा पक्राउ परेका थिए । उनलाई ०७९ कार्तिक २९ गते तीन वर्ष कैद सजाय भएको थिए ।

उनी नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानपछि गएको साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाएको थियो । आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुष ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top