NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

बिजुलीको बिल नतिर्ने उद्योगहरूको लाइन काटियो

शनिबार पुस ७ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
आगामी चैतभित्र नेपालमा उत्पादित बिजुली बङ्गलादेश पुर्याउने तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुष,काठमाण्डौ । 

नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ती उद्योगको लाइन शुक्रबार साँझदेखि प्राधिकरणले काटिदिएको हो । जसमा सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो ।

प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ । घोराही सिमेन्टको १ अर्ब ३६ करोड बक्यौता रहेको छ । अर्घाखाँचीको १ अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै भोलिपल्ट प्राधिकरणले केही उद्योगको लाइन काटिदिएको हो ।

यसैबीच अर्घखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले पनि सिमेन्ट उद्योगको बिजुली साँझ सवा ५ बजेपछि काटिएको पुष्टि गरे । साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो ।

महालेखापरीक्षकको पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए । यसअघि गत भदौ १७ मा नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण प्रधानमन्त्रीको निर्देशनका कारण पछि हटेको थियो ।

सूचना जारी भएलगत्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको करिब ४० उद्योगी व्यवसायीको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले ‘विवादित विषय भएको र समाधान गर्नुपर्ने’ भन्दै लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

तर प्रधानमन्त्रीले बिहीबार भने ऊर्जा मन्त्रालयको समीक्षाका क्रममा बक्यौता नतिर्नेको लाइन काट्न निर्देशन दिएका हुन । तर उद्योगी व्यवसायीले भने यो विवादित विषय भएको भन्दै महसुल नतिर्ने अडानमा छन । २०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद चर्किएको हो ।

लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडानका लागि प्राधिकरणमा निवेदन नै नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगी उक्त रकम नतिर्ने अडानमा छन । बिल तिर्नैपर्ने भए टीओडी (टाइम आफ डे) बिल अनिवार्य चाहिने उनीहरूको माग छ ।

निवेदन दिएर डेडिकेटेड र ट्रंकलाइन जडान गरे ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरे मात्रै उक्त महसुल तिर्नुपर्ने प्राधिकरणकै विद्युत् महसुल विनियमावलीमा छ ।

तर यसविपरीत रकम असुलीको प्रक्रिया अघि बढाइएको उद्योगीहरूको तर्क छ । प्राधिकरणले भने बक्यौताको विषय सरकारले नै रोक्ने र खोल्ने गरेको जनाएको छ । हालसम्म ६१ उद्योगको २२ अर्ब रुपैयाँ बक्यौता पुगेको प्राधिकरणले जनाएको छ ।

Tags: #उद्योगहरूको लाइन काटियो#नेपाल विद्युत् प्राधिकरण#बिजुलीको बिल नतिर्ने उद्योगहरू#लाइन काटियो

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.