आज नेप्सेमा खराब सुरुवात

Share this
787shares

८ पुष,काठमाण्डौ ।
यो साता सेयर बजार परिसूचक नेप्सेले खराब सुरुवात गरेको छ । अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ ।

Advertisement

यसैगरी क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ५.२९ अंकले घटेर ३९१.३३ अंकमा झरेको नेप्सेले जनाएको छ ।तर, आज यता कारोबारमा भने तीव्र्रता आएको छ । २१ अंकले नेप्से घटेको यस दिन ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।

आज हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्यचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

Advertisement

आज पनि बोटलर्स नेपाल ९बालाजु० लि।सहित ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top