×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

रेड सी मा तनावः विश्व बजारमा कस्तो असर गर्छ ?

८ पुष, विराटनगर।
गाजाक्षेत्रमा युद्ध चर्किएसंगै यसको साइडइफेक्टका रुपमा रेड सिमा पनि तनाव बढेको छ । रेड सिबाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा पनि असर पर्ने देखिएको छ । हुथी विद्रोहीले पछिल्ला दिनहरुमा विश्वकै सबैभन्दा व्यस्त समुन्द्री मार्गमा गरिरहेको हमलाले यस्तो अवस्था ल्याएको हो ।

यमनमा रहेका हमास समर्थक हुथी विद्रोहीहरुको समूहले इजरायलतर्फ गइरहेको जहाजलाई ड्रोन र मिसाइलमार्फत आक्रमण गरिरहेको भनिए पनि अन्य जहाजहरु समेत यो आक्रमणमा परेका छन् । अमेरिकाले लाल सागर पार गर्ने क्रममा कम्तीमा १५ वटा पानीजहाजमाथि हुथी विद्रोहीहरूले आक्रमण गरेको जनाएको छ ।

Advertisement
Advertisement

यसले विश्व व्यापारको वितरण प्रणालीमा असर पर्ने देखिएको छ । केही दिनअघि साउदी अरबबाट भारततर्फ आइरहेको केमिकल ट्यांकर जहाज चेम प्लुटोमाथि पनि विद्रोहीहरुले आक्रमण गरेका थिए । २५ डिसेम्बरमा भारतको न्यू मैग्लोर बन्दरगाहमा पुग्नुपर्ने यो जहाज आक्रमणका कारण बीचमै अलपत्रपर्दा भारतीय जलसेना त्यसको उद्धारका लागि जहाज र विमानमार्फत गएका थिए ।

अमेरिकी रक्षा विभागले यो आक्रमण इरानबाट छाडिएको ड्रोनमार्फत भएको बताएको छ । तर, त्यसको विषयमा इरानले भने कुनै जवाफ दिएको छैन । लाल सागरको दक्षिणी हिस्सामा हथी विद्रोहीहरुले समुन्द्रको बाटो भएर गइरहेको जहाजहरुमाथि हमला गरिरहेका छन् । गत अक्टुबरमा इजरायल र हमास युद्धको आरम्भ भएसँगै हुथी विद्रोहीहरु यसमा भाग लिएको देखिएको छ ।

इरानको समर्थनमा रहेको यो समूहले हमासलाई समर्थन गर्दै अन्य देशको स्वामित्वमा रहेर ‘बाब एल मन्डाब’ र लाल सागरको बाटो भएर यात्रा गर्ने कार्गो जहाजहरुमाथि हमला गरिरहेको छ । बाब एल मन्डाब, २० माइल लामो क्यानल हो, जुन अफ्रिकी भागमा इरिट्रा, डिजिबुटी र अरबियन भागमा यमनसँग जोडिएको छ ।

प्रमुखतः दक्षिणी क्षेत्रबाट यात्रा गर्ने जहाजहरुले इजिष्टको सुइज क्यानल मार्फत थप उत्तरतर्फ यात्रा गर्न यो मार्ग लिने गर्छन् । तर, यो क्षेत्रमा हुथी विद्रोहीहरुले गरिरहेको आक्रमणका कारण विश्व व्यापारको वितरण प्रणाली प्रभावित हुने भएको छ । लाल सागर र सुइज क्यानलको बाटो प्रयोग गर्दा ठूला जहाजलाई यात्रा गर्न २५ दिन लाग्छ, जुन अफ्रिकाको केप अफ गुड होपको बाटो प्रयोग गर्नुभन्दा झण्डै १० दिन कम हो ।

लाल सागरबाट हुने ढुवानीलाई केफ अफ गूड होप भएर लैजाँदा ३ हजार ५०० माइल बढी यात्रा गर्नुपर्छ । लाल सागर विश्वभर तेल र तरलीकृत ग्यास ढुवानीका लागि मुख्य रुट हो । यहाँबाट टिभी, विद्युतीय सामान, ट्रेनर जस्ता उपभोग्य वस्तु पनि ढुवानी हुन्छन् ।

हाल विश्व व्यापार र वितरण प्रणालीमा यो मार्गको उच्च भूमिका छ । सुइज क्यानल वा भारतीय महासागरको बाटो भएर चल्ने जहाज लालसागर र बाब अल मान्डाबको बाटो भएर हिँड्नुपर्छ । सुइज क्यानल एसिया र युरोपबीचको सबैभन्दा छोटो समुन्द्री बाटो हो ।

मुख्यतः प्राकृतिक ग्यास र तेलको वितरण यो बाटोबाट हुने गर्छ । तथ्यांक संकलन तथा विश्लेषण गर्ने संस्था भोर्टेक्साको सन् २०२३ को तथ्यांकअनुसार दैनिक यो बाटोबाट ९० हजार ब्यारल तेलको वितरण हुने गरेको छ । वर्षेनी १७ हजार जहाज र वैश्विक व्यापारको १२ प्रतिशत हिस्सा यही मार्गबाट हुने गरेको छ ।

मध्यपूर्व, उत्तर अफ्रिका र युरोपमा खाडी र एसियालगायतका देशबाट आयात हुने १५ प्रतिशत सामग्रीहरु समुन्द्री बाटोबाट हुने गरेका छन् । तेलको मात्रै नभएर उपभोग्य वस्तुदेखि विद्युतीय सामग्रीहरु समेत यही रुटमा भर पर्छन् । एक वर्षमा यो रुट भएर करिब १० खर्ब डलर बराबरको वस्तु बाहिरिन्छ । तर, हुथी विद्रोहीहरुले अचानक यो मार्गबाट यात्रारत जहाजमाथि गरेको हमलाले भने अवस्था नाजुक बनाउने देखिएको छ ।

हुथी विद्रोहीहरुले झण्डै १ सय ड्रोन र मिसाइलबाट लाल सागरमा रहेका जहाजमाथि हमला गर्दा १० जहाजहरुले आफ्नो बाटो परिवर्तन गर्नु परेकोे जनाइएको छ । लाल सागरबाट जहाजहरुको रुट परिवर्तन गर्नुपर्ने अवस्था निम्तिँदा विश्व व्यापारमा प्रभाव त पर्छ नै । यसले मुख्य गरि उपभोग्य वस्तुहरुमाथि बढी प्रभाव पार्ने सी एण्ड पी ग्लोबल मार्केट इन्टिलिजेन्समा वितरण प्रणाली अनुसन्धान विभागका प्रमुख क्रिस रोजर्स बताउँछन्।

जहाजहरुको यात्रा १० दिन लम्बिँदा उपभोक्तासम्म पुग्ने वस्तुको मूल्य पनि बढ्दै जाने उनको भनाइ छ । केप अफ गुड होपको बाटो प्रयोग गर्दा १० दिन थप समय लाग्ने भएकाले यसले उपभोग्य वस्तुहरुमा असर गर्ने उनले बताए । पछिल्लो सातामा जहाजको भाडा ४ प्रतिशतको वृद्धि आएको छ । कम्पनीहरुले यो वृद्धिलाई अन्त्यमा उपभोक्ताले किन्ने वस्तुसम्ममा समायोजन गर्ने छन् ।

वितरण प्रणालीमा प्रभाव पर्दा यसले तेलको मूल्यमा वृद्धि गराउने सम्भावना बढेको छ । तेलको मूल्यमा प्रभाव पार्न साथ तेल सहजै वितरण नहुँदा यसले अन्य किसिमका उर्जा इन्धनमा पनि असर गर्नेछ । लाल सागरमा भएको आक्रमणका बीच अमेरिकी रक्षा विभागले ४० भन्दा धेरै देशहरुसँग गत मंगलबार भर्चुअल मिटिङ गर्दै आफ्नो क्षेत्रमा जहाजको सुरक्षाका लागि काम गर्न आह्वान गरेको छ ।

सँगै अमेरिका, बेलायत, फ्रान्स, नर्वे, स्पेनजस्ता १० देशहरुसँगको सहकार्यमा अमेरिकाले अन्तर्राष्ट्रिय नाभेल कर्पोरेसनमार्फत लाल सागरमा रहेका जहाजको सुरक्षा गर्ने पनि घोषणा गरेको छ । तर यो क्षेत्रमा तनाव यसरी नै बढ्दै जाने हो भने, त्यसको प्रत्यक्ष असर बजारमा पर्ने छ, जुन देखिन पनि थालिसकेको छ ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top