ब्राजिल फुटबललाई निलम्बन गर्नुपर्ने अवस्था किन आयो ?

९ पुस ८०, मंगलबार

१० पुष , एजेन्सी ।
विश्व फुटबलको उच्च निकाय फिफाले सर्वाधिक विश्वकप फुटबल विजेता राष्ट्र तथा फुटबलको उर्भरभूमि ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ । ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो ।

फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो । पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ ।

रियो द जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा ब्राजिल फुटबलका अध्यक्ष एडनाल्डो रोड्रिग्वेजलाई हटाएको थियो । यसै प्रसंगमा फिफाले फुटबलमा सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै जनवरीसम्मा पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने चेतावनी दिएको हो ।

Advertisement

साथै फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार नगर्ने बताएको छ । फिफाको निर्देशनपछि दक्षिण अमेरिकी फुटबल एसोसियनले यस विषयमा एक कमिटी बनाएर जनवरी ८ मा छलफल गर्ने बताएको छ । ब्राजिल फुटबल संघको अध्यक्षको रुपमा रोड्रिग्वेजको २०२६ सम्म कार्यकाल रहेको छ ।

२०२१ मा तत्कालिन अध्यक्ष रोजेरियो क्याबेक्लो यौन दुराचारको आरोपमा पदबाट हटेपछि तत्कालिन उपाध्यक्ष रहेका रोड्रिग्वेजले कार्यबाहक अध्यक्षको जिम्मेवारी निभाएका थिए भने २०२२ को मार्चमा अध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement

ब्राजिल निकट भविष्यमै कोपा अमेरिका खेल्दैछ भने आगामी विश्वकपका लागि छनोटका खेलहरु पनि खेलिरहेको छ । ब्राजिल फुटबलले पेले, रोनाल्डो, रोबर्टाे कार्लोस, रिभाल्डो, रोमारियो, रोनाल्डिनो, काका, नेयमार जस्ता विश्वस्टार खेलाडीहरु विश्वलाई दिइसकेकोे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top