आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

११ पुस ८०, बिहीबार

१२ पुष ,काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा वुधबार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उक्ता मुद्दामा आज सुनुवाइ जारी रहनेछ । बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ ।

वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका छन् । ढकालको इजलासमा गत शुक्रबारदेखि उक्त मुद्दा अन्तिम सुनुवाइका लागि पेसी चढेको थियो । बहस सकिए आजै नत्र शुक्रबारसम्म फैसला हुने सम्भावना छ । आज सन्दीपका पक्षमा वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापा, किशोर सापकोटा, अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गर्दैछन् ।

हिजोसम्म जाहेरवाला किशोरीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियार तथा अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले बहस गरेका थिए ।

उनीहरुले अभियोग मागदाबी बमोजिम प्रतिवादी लामिछानेलाई सजाय हुनु पर्ने हो कि होइन र पीडित नाबालिग हो वा होइन भन्ने निर्क्यौल अदालतले गर्नु पर्ने भएकाले यी नै विषयमा केन्द्रित रहेर बहसनोट बुझाएका छन्। २०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको जाहेरवाला किशोरीको दाबी छ ।

जाहेरीमा पीडित नाबालिग रहेको दाबीसहित सन्दीपलाई १० देखि १२ वर्षसम्म कैदको माग गरिएको छ । सन्दीपले भने अभियोग अस्वीकार गर्दै जाहेरवाला नाबालिग नभएको पनि दाबी गरिरहेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top