NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

कांग्रेस भित्र किन बदनाम छ ‘प्रचण्ड सरकार’ ?

आइतवार पुस १५ , २०८०
Reading Time: 1 min read
A A
अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ पुष, विराटनगर ।

५ दलको गठबन्धन भएपनि वर्तमान सरकारको मजबुत जग भनेको हाल संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस हो । तर काँग्रेसका सभापति र उनको गुट जति प्रचण्डप्रति अहिलेसम्म वफादार नै देखिएको छ, शेखर–गगनको इतर समूहले भने प्रचण्ड नेतृत्वलाई सुरुदेखिनै प्रहार गर्दै आएको छ । यो समूहले बारम्बार प्रचण्डको वर्हिगमन अनिवार्य भइसकेको धारणा सार्वजनिक गरिरहेको छ ।

आफ्नै पार्टीका नेताहरु सदस्य भएको मन्त्रीपरिषदको मुखिया प्रचण्डलाई शेखर–गगनहरुले नसच्चिए बालुवाटारबाट खुमलटार पुर्याइदिने चेतावनी पटक पटक दिदै आएका छन् । पछिल्लो पटक एक वर्ष पुरा गरेर नयाँ ढङ्गले अगाडी बढ्ने तयारीका साथ मन्त्रीपरिषद् पुनर्गठनको प्रचण्डले तयारी गर्दै गर्दा महामन्त्री थापाले ‘राम्रो काम गर्न नसके’बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् ।

LS Auto

यो उनको पहिलो चेतावनी भने होइन । उनले पटक–पटक धम्की र चेतावनी दिन्छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको बताएका थिए ।

यस अघि मङ्सिरको अन्तिम साता पनि थापाले काँग्रेसले प्रचण्डलाई बालुवाटारबाट खुमलटार जानुस् भन्ने आँट गर्नुपर्छ भनेर भाषण गरेका थिए । यस्तै शेखर कोइरालाले पनि प्रचण्डले सरकार छाड्नु पर्ने आशयसहितको कयौं पटक धारणा राखिसकेका छन् । यी दुई नेतामात्रै होइन काँग्रेसका कयौं नेताहरुले प्रचण्डको खुलेर आलोचना गरेका छन् ।

काँग्रेसको आन्तरिक बैठकहरुमा प्रचण्ड सरकार बदनाम नै भइसकेको नेताहरुको भनाई छ । बिहीबार सुरु भएर शनिबार सकिएको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री दाहाल र सरकारमा सहभागी आफ्नै मन्त्रीहरूको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरूले खुलेर आलोचना गरे ।

तीन दिनसम्म सयभन्दा बढी केन्द्रीय सदस्य र पदाधिकारीले धारणा राख्दा मन्त्रीबाहेक अधिकांशले सरकारको आलोचना गरेका थिए । सो क्रममा पनि महामन्त्री गगन थापाले अहिलेकै धीमा गतिमा सरकार चल्ने हो भने मन्त्री मात्रै नभएर प्रधानमन्त्रीसमेत बदल्नुपर्ने धारणा बैठकमा राखेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत सरकारका कामप्रति खुलेरै असन्तुष्टि जनाए ।

शर्माले ललितपुरको बालकुमारीमा भएको घटनाको दोषी प्रधानमन्त्री, गृहमन्त्री वा प्रदर्शनकारी को हो ? त्यसको जबाफ दिनुपर्ने बताए । केही दिनअघि प्रधानमन्त्री कांग्रेसकै मन्त्रीहरूको कामबाट असन्तुष्ट भनेर आएको समाचारप्रति संकेत गर्दै गगन थापाले प्रधानमन्त्रीको कार्यशैली नै राम्रो नभएको बताए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारको कामबाट चित्त बुझाउने ठाउँ नभएको भनाइ राखे । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बैठकमा सरकारको प्रतिरक्षा गर्ने केन्द्रीय सदस्य नै नभएको भन्दै यसले सरकारको कामकारबाही बदल्नुपर्ने नत्र मन्त्री नै बदल्नुपर्ने सन्देश दिएको बताए ।

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले मन्त्रीका कार्यशैली परिवर्तन नभएमा मन्त्री नै फेर्नुपर्ने आवाज बैठकमा उठेको बताए । यस्तै केन्द्रीय सदस्य भीम पराजुलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती इसाईको धर्म प्रचार गर्दै हिँडेको भन्दै बर्खास्तीको माग गरे ।

पार्टीको केन्द्रीय समिति बैठकमा १० बुँदे प्रस्ताव राख्दै उनले मन्त्रीलाई बर्खास्त गर्नुपर्ने र कांग्रेसले धर्म संस्कृति विभाग गर्नुपर्ने बताएका छन् । कांग्रेस कोशी प्रदेशसभा सदस्य समेत रहेका पराजुलीले इपिएस भाषा परीक्षामा भाग लिन पाउँ भन्दा युवाहरूले ज्यान गुमाउनु परेको भन्दै उनले राज्यलाई कसले जनता मार्ने अधिकार दिएको छ भन्दै प्रश्न गरेका छन् ।

पार्टीबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारमाथि आलोचनाको प्रतिवाद गर्दै सरकारले मध्यम गतिमा काम गरेको बताए । उनले सरकारका बारेमा उठेका प्रश्नहरू प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने आश्वासन दिएका छन् ।

केन्द्रीय नेताहरुले सरकार र प्रधानमन्त्रीको आलोचना गरेपनि प्रचण्ड सरकारप्रति सिंगो कांग्रेसको धारणा भने बदलिएको छैन्। नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने प्रष्ट पारेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने बताए ।

उनले भने, लोकतन्त्रमा सरकारको कुर्सीको तीनवटा मात्रै खुट्टा हुन्छन् । बहुमतमा होस् वा गठबन्धनमा । हिजो ओली नेतृत्वको सरकार झण्डै दुई तिहाइको बहुमतमा थियो । अहिले गठबन्धनमा छ । लोकतन्त्रमा स्थिर सरकार हुँदैन । निरंकुशतामा मात्रै हुन्छ । हाम्रो महामन्त्रीले मात्रै होइन आम जनताले पनि सरकार ढाल्दिन सक्छु भन्नसक्छ । उहाँ अहिले गठबन्धनबाट बनेको प्रधानमन्त्री भएकाले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको सहमति पूरा नभएसम्म उहाँ नै प्रधानमन्त्री हो ।’

Tags: #कांग्रेस प्रचण्डकै पक्षमा#प्रचण्ड सरकार बदनाम

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.