×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

युद्धको तयारी गर्न सेनालाई किमको निर्देशन

१५ पुष २०८०

१५ पुष, विराटनगर ।
विश्वका विभिन्न क्षेत्रमा कतै आन्तरिक त कतै दुई वा सोभन्दा बढी देशहरु आपसमा विध्वंसक युद्ध, त्यो पनि मिसाइल, ड्रोन लगायतको प्रयोग गर्दै लडिरहेका बेला वर्षाैदेखि क्षेप्यास्त्र परीक्षण गर्दै अमेरिकालाई तर्साइ रहेको उत्तर कोरियाले पनि युद्धको तयारी थालेको छ । उत्तरका सर्वोच्च नेता किम जोंग उनले आफ्ना सेनालाई युद्धका लागि तयार बस्न निर्देशन दिएका छन् ।

उनको यो निर्देशनले अहिले नै युद्धको चपेटामा परेको विश्वलाई थप आतंकित बनाइदिएको छ । किनभने किमले बेलाबेला परमाणु आक्रमण नै गर्ने चेतावनी दिदै आएका छन् । र उत्तरले परमाणुसहितको अध्याधुनिक हतियारको विस्तारलाई जसरी बढावा दिएको छ, त्यसले उसंग घातक प्रहार गर्ने क्षमता पनि छ भन्ने धेरैलाई लागेको छ ।

Advertisement
Advertisement

यसैबीच किमले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा कुनै पनि बेला भड्कन सक्ने युद्धको तयारीका निम्ति सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेका छन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार यसबारे जानकारी दिएको हो ।

नेता किमले सन् २०२४ का निम्ति आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए ।

बैठकबाट आउँदो वर्षमा थप तीन जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण, इलेक्ट्रोनिक युद्ध क्षमता विकास, आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्नेलगायत थप सैन्य विकासको योजना घोषणा गरिएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

प्योङयाङले यसै वर्ष सफलतापूर्वक ‘टोही’ उपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिका रूपमा स्थान स्थापित गरेको घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम)को परीक्षण गरेको छ ।

केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाएका थिए । आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका निम्ति अत्यधिक क्षमता’ कायम राख्न आदेश दिएका थिए । किमले भने, “कोरियाली प्रायद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुस्साहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्किन सक्छ भन्ने कुराको पुष्टि हो ।”

प्योङयाङलाई रोक्न वासिङटनले यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह सहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

यसअघि, उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा वासिङटनका बी–५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’को संज्ञा दिएको थियो । किमले भने, “हामीले सम्भावित आणविक संकटको शीघ्र जवाफ दिनुपर्छ र आपत्कालीन अवस्थामा आणविक शक्तिलगायत सबै भौतिक साधन र शक्ति परिचालन गरेर दक्षिण कोरियाको सम्पूर्ण भूभागलाई शान्त पार्ने तयारीलाई तीव्रता दिनुपर्छ ।” बैठकमा किमले दक्षिण कोरियासँग अब मेलमिलाप र पुनः मिलनको प्रयास नगर्ने बताउँदै सियोल र वासिङटनका कारण उत्पन्न ‘अनियन्त्रित संकटको स्थिति’ रहेको बताएका थिए । प्योङयाङको जासुसी भूउपग्रह प्रक्षेपणसँगै अन्तरकोरियाली सम्बन्ध यो वर्ष निकै बिग्रिएको छ, जसका कारण सियोलले सन् २०१८ मा भएको सैन्य सम्झौतालाई आंशिक रूपमा स्थगन गरेको छ । “मलाई विश्वास छ कि यो एक गल्ती हो, जुन हामीले अब हामीलाई ‘मुख्य शत्रु’को रूपमा घोषणा गर्ने शक्तिलाई मेलमिलाप र एकीकरणका निम्ति समकक्षीको रूपमा सोच्नु हुँदैन,” नेता किमलाई उद्धृत गर्दै केसीएनएले भनेको छ ।
पज…………
किमले सीमापार मामिला हेर्ने विभागहरूको पुनः गठनका निम्ति ‘आधारभूत रूपमा दिशा परिवर्तन गर्न’ उपाय कोर्न आदेश दिए । सियोलस्थित इवा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक लीफ इस्लेले उत्तर कोरियाको महत्त्वपूर्ण सैन्य क्षमतामा जोड दिइएको बताए । “राज्य नियन्त्रित मिडियाले प्रकाशन गर्ने अधिकांश समाचार रिसाइकल प्रोपोगान्डा हो,” उनले भने, “प्योङयाङको आक्रामक बयानबाजीले उसको सैन्य कदम निरोधका निम्ति मात्र नभई आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय दबाबका लागि पनि हो भन्ने देखाउँछ ।” प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको थियो ।
पज………..
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले सन् २००६ मा पहिलोपटक आणविक परीक्षण गरेदेखि नै आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै प्रतिबन्धसहित थुप्रै प्रस्ताव पारित गरिसकेको छ । तर किमलाई यसले कुनै फर पारेको छैन् । उनी रोकिनुको साटो अझ घातक हतियारको विकासमा लागेका छन् ।

प्रतिबन्ध पछिका वर्षमा उनले अमेरिकादेखि युरोपसम्म मार हान्न सक्ने आणविक हतियार र हाइड्रोजन वमको सफल परीक्षण गरिसकेका छन् । उनी अन्तरिक्षबाट समेत जासुसी गर्ने अवस्थामा पुगिसकेका छन् । गत महिनामात्रै पनि उत्तर कोरियाले सफलतापूर्वक आफ्नो पहिलो सैन्य जासूसी स्याटालाइट लञ्च गरेको थियो ।

आफ्नो सेनालाई आधुनिक बनाउने उद्देश्यले सैन्य जासूसी स्याटालाइट लञ्च गरेको उसले बताएको छ, जसले छिमेकी दक्षिण कोरियाको मात्रै होइन अमेरिकी भूभागमा भइरहेका गतिविधिहरु, त्यहाँको सैन्य ठेगानाको पनि फोटो खिचेको बताएको थियो । आगामी वर्ष यस्तै थप तीन जासुसी उपग्रह प्रक्षेपण गर्ने उसको योजना हो ।

उत्तरको अत्याधुनिक हतियार विस्तारको यो तयारीसंगै किमले आफ्ना सेनालाई जुनसुकै बेला युद्ध लड्न तयार रहन भनेको संदर्भबारे तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top