×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

मन्त्रीको खाजा अबदेखि चिया र बिस्कुट, वार्षिक ६० लाख जोगियो

१६ पुष २०८०

१६ पुष,काठमाण्डौ ।
सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको महंँगो खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेका हुन् ।

आजदेखि लागू हुनेगरी मन्त्रिपरिषदमा बाँडिने खाजा कटौती गरिएको हो । हरेक पटक मन्त्रीपरिषद बैठक बसेको बेला महँगो खाजा बाँड्ने गरिएको थियो ।

Advertisement
Advertisement

‘क्याबिनेट बैठकको खाजा काटियो, अब लामो बैठक बस्नु परे चिया बिस्कुट मात्र दिने प्रधानमन्त्रीको निर्देशन छ,’प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खाजामै करोड खर्च हुने गरेको छ । महिनामा कम्तिमा ८ पटक क्याबिनेट बैठक बस्छ । जसमा महँगो खालको खाजा दिने गरिएको थियो ।

खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो । एक वर्षमा १०० भन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् ।

मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपैयाँ जोगिने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आजदेखि मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।

‘मितव्ययियाताको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै भएको छ, अन्य बैठकमा भन्दा क्याबिनेटमा राम्रै खाजा दिइन्थ्यो, अब त्यो कटौती भयो,’ आचार्यले भनेका छन् ।

मन्त्रिपरिषदको बैठक बस्दा मन्त्रीहरुलाई आफ्नो रुचि अनुसार मांसाहारी, साकाहारी तथा फलफूलको व्यवस्था गर्ने गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले एक वर्ष कार्यकाल पुगेको अवसरमा सुशासन र सुधारका कार्यलाई आफैबाट सुरुवात गर्ने बताएका थिए ।

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रचण्डले हाल सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएको सचिवालयले जनाएको छ ।

यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ ।

Advertisement
Advertisement

विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवतको मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top