जापानमा शक्तिशाली भूकम्प, ५ मिटर माथिको सुनामी

१६ पुष, एजेन्सी ।
जापानमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयानुसार सोमबार साँझ ४ः१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको छ। भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ।

इशिकावा प्रिफेक्चरको नोटोसम्म पाँच मिटरसम्मको सुनामी पुग्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ। इशिकावा प्रिफेक्चरको वाजिमा शहरको तटमा एक मिटरभन्दा अग्लो छाल पुगेको जनाएको छ। जापानका अधिकारीहरुका अनुसार भूकम्पका कारण समुद्री छाल ५ मिटरसम्म उठ्न सक्ने भएकाले नजिकका मानिसहरुलाई उच्च स्थान र भवनहरुमा जान आग्रह गरिएको छ ।

इशिकावा प्रिफेक्चरको वाजिमा सहरको तटमा १ मिटरभन्दा अग्लो छालहरू बगेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ। होकुरिकु इलेक्ट्रिक पावरले आफ्नो आणविक उर्जा प्लान्टमा भएको कुनै पनि अनियमितताको अनुसन्धान गरिरहेको एनएचकेले जनाएको छ।

Advertisement

आणविक प्लान्ट अपरेटर टेप्कोले यस क्षेत्रका आफ्ना सुविधाहरूमा भूकम्पको कुनै प्रभाव परेको छ कि छैन भनेर जाँच गरिरहेको जनाएको छ । काशीवाजाकी, निगाटा प्रिफेक्चरमा रहेको आणविक उर्जा केन्द्रमा पनि कुनै अनियमितता रिपोर्ट नभेटिएको बताइएको छ । नयाँ वर्षको दिन गएको भूकम्पको धक्का टोकियो र कान्टो क्षेत्रमा पनि महसुस गरिएको थियो ।

उत्तरपूर्वी जापानमा मार्च ११ ,२०११ मा गएको ९.० म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । सो भूकम्प र सुनामीका कारण १८ हजार ५०० मानिसको मृत्यु भएको थियो । यसबाट फुकुशिमामा विनाशकारी आणविक प्लान्ट चुहावट भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top