×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

फरार रहेका २ भारतीयलाई ९० करोड ३७ लाख जरिवाना

१७ पुष २०८०

१७ पुष,काठमाण्डौ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दुईजना भारतीय नागरिकलाई ९० करोड ३७ लाख ६६ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । यही पुस ४ गते अदालतले उनीहरूले नक्कली फर्म खडा गरी करोडौँ रुपैयाँ बैंकिङ च्यानलबाट भारत पठाएको मुद्दामा कसुर ठहर गरेको थियो ।

Advertisement
Advertisement

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले भारतीय नागरिक प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई दोषी ठहर गरेको थियो । सोमबार जैसवाललाई बिगो ४१ करोड ५१ लाख ६९ हजार २७५ कायम गरी ८३ करोड तीन लाख तीनहजार ८५० रुपैयाँ जरिवाना र आठ वर्ष कैदको सजाय निर्धारण गरेको हो ।

अर्का प्रतिवादी भारतीय नागरिक ठाकुरलाई तीन करोड ६७ लाख १४ हजार बिगो कायम गरी त्यसको दोब्बर सात करोड ३४ लाख २८ हजार जरिवाना र पाँच वर्ष कैद हुने फैसला भएको हो । दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा दर्ता गराएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठले गत पुस ४ गते कसुर ठहर गरेका थिए ।

सोही मुद्दामा सोमबार सजाय निर्धारण गर्दै न्यायाधीशत्रय कुँवर, थापा र श्रेष्ठले जयसवाललाई सजाय सुनाएको हो । विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार प्रतिवादी प्रमोद कुमार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको हो ।

Advertisement

साथै उनलाई ८ वर्षको जेल सजायसमेत हुने फैसलामा उल्लेख छ । नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन । विभागको माग दाबी अनुसार विशेष अदालतले फैसला गरे पनि उनीहरू अझै पक्राउ परेका छैनन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top