राइड सेयरिङ एप  टुटलका संस्थापक किन पक्राउ परे ?

राइड सेयरिङ एप  टुटलका संस्थापक किन पक्राउ परे ?

२० पुष,काठमाण्डौ ।
राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भट्टटलाई बिहीबार पक्राउ गरेको हो। काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणको उजुरीका आधारमा पक्राउ गरिएको बताएका छन्।

‘‘टुटल कम्पनी खोल्ने बेला साझेदारहरूबीच सम्मझौता भएको रहेछ। त्यसबेला लगानीका लागि पनि सम्झौता भएको देखियो’, खत्रीले भनेका छन् ‘टुटल स्थापना गर्दा साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा पनि सम्झौता भएको रहेछ। तर त्यसबीचमा त्यसबीचमा उनीहरूबीच समझदारी हुन नसक्दा समस्या देखिएको रहेछ।’

साझेदारहरूको विवादबीच शिक्षित भट्टले टुटललाई अघि बढाएका थिए। तर विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो। तर भट्टले फेरि केही महिना अघिदेखि टुटललाई सञ्चालनमा ल्याएका थिए। यहीबीचमा टुटल छाडिसकेका उनका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए।

त्यो उजुरी पनि अहिले काठमाडौं प्रहरी परिसरमा आइपुगेको छ। प्रहरीले पक्राउ परेका भट्टलाई अब आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न लागेको छ। नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो । हाल पठाओ र इन्ड्राइभ समेत सञ्चालनमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.