पशुपतिको भिडियो खिच्न नपाइने सूचनामा लोगोको दूरुपयोग

१९ पुस ८०, शुक्रबार

२० पुष,काठमाण्डौ ।
पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा गंगा आरति र दिप प्रज्वलनको फोटो÷भिडियो खिच्न नपाइने भन्ने सूचना आफ्नो नरहेको स्पष्ट पारेको छ। कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गरी बुढासुब्बा डिजिटल प्रालिले कोषको लोगो दुरुपयोग गरी सूचना प्रकाशित गरेको आरोप लगाएकी हुन्।

Advertisement

‘बुढासुब्बा डिजिटल प्रालिले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको वागमति नदी किनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ। यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भिर ध्यानाकर्षण भएको छ’ कोषले भनेको छ,‘उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ। उक्त सूचना प्रकाशित प्रति कोषको कुनैपनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं।

Advertisement

बिहीबार बुढासुब्बा डिजिटल प्रालि र पशुपति क्षेत्र विकास कोषको लोगोसहित जारी एक सूचनामा सो क्षेत्रमा खिचिएको भिडियो व्यवसायिक प्रयोजनका लागि प्रयोग भएको थाहा पाइएमा कारबाही हुने चेतावनी दिइएको थियो ।

‘यस पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘यहाँ खिचिएको भिडिओ सामग्री फेसबुक, इष्टाग्राम, टिकटक तथा युट्युबकमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट अन्तर्गत ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ।’ जसका लागि बुढासुब्बा डिजिटल प्रालिले स्वीकृत प्राप्त गरेको पनि कोषले सूचनामा जनाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top