उत्तरले दक्षिण कोरियामा गोली वर्षायो

२० पुष,एजेन्सी ।
वर्षाैदेखि शत्रुतापूर्ण सम्बन्ध अघि बढाइरहेका उत्तर र दक्षिण कोरियाबीच फेरि तनावपूर्ण अवस्थाको सृजना भएको छ । २०२४को नयाँ वर्षको अवसरमा आफ्नो सेनालाई युद्धका लागि तयारीमा रहन निर्देशन दिएका किम जोङ उन नेतृत्वको कोरियाली सेनाले दक्षिण तर्फ गोलीबारी गरेको छ । उत्तर कोरिया शुक्रबार दक्षिण कोरियातर्फ गोली चलाएको हो ।

Advertisement

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले येओनपाएओङ्ग द्वीपतर्फ लक्षित गर्दै २ सयभन्दा धेरै राउन्ड गोली चलाएको हो। यो दक्षिण कोरियाली द्वीप उत्तर कोरियाको पश्चिमी तटतर्फ पर्छ। दक्षिण कोरियाले द्वीपमा रहेका बासिन्दालाई तत्कालै निस्किएर अन्यत्र जान चेतवानी दिएको छ।

तर द्वीप छाड्न दिइएको चेतावनी उत्तर कोरियाली आक्रमण या अन्य कारणले हो भन्ने खुलेको छैन। दक्षिण कोरियाले यस घटनाको निन्दा गर्दै उत्तर कोरियाको तर्फबाट उत्तेजना बढाउने काम भएको जनाएको छ। सन् २०१० मा उत्तर कोरियाले येओनपाएओङ्ग द्वीपमा गोली बर्साउँदा कम्तीमा ४ जना दक्षिण कोरियाली नागरिक मारिएका थिए।

Advertisement

शुक्रबार उत्तर कोरियाको तर्फबाट बिहान ९ बजेदेखि ११ बजेको समयमा गोली चलाइएको हो। समाचार अनुसार उत्तर कोरियाले हानेका गोली दक्षिण कोरियाली क्षेत्रमा नझरी दुई देशबीचको खाली क्षेत्रमा खसेका छन्। दक्षिण कोरियाका एक अधिकारीले यस घटनामा आफ्नो देशका सर्वसाधारण र सेनातर्फ कुनै क्षति नभएको बताएका छन्।

तर दक्षिणले यस किसिमका घटनाका कारण कोरियाली प्रायद्वीपको शान्ति सुरक्षामा खतरा बढ्ने जनाएको छ। यसैबीच सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ ।

Advertisement

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन् । सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन् ।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ । भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top