NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

विवादको बिउँ रोपेर फर्किए जयशंकर !

शुक्रबार पुस २० , २०८०
Reading Time: 1 min read
A A
विवादको बिउँ रोपेर फर्किए जयशंकर !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० पुष,विराटनगर ।

दक्षिणको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र समेत रहेका भारतीय विदेश मन्त्री एस जयशंकर नेपालमा विवादको नयाँ बिउ बिजारोपण गरेर स्वदेश फर्किएका छन् । नेपालले इतिहासमा कहिल्यै विर्सिन नसकिने नाकाबन्दीका मास्टरमान्ड बताइने जयशंकर नेपालमा भारतीय दूतावासमार्फत २० करोड सोझै खर्च गर्न पाउने विवादास्पद सम्झौतासहितका विभिन्न सहमति गर्दै र उच्च राजनीतिक भेटहरु सकेर स्वदेश फर्केका छन् ।

नेपालको दुई दिने भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाली पक्षसँग गरेको सम्झौतामध्ये २० करोडको सिधै खर्च गर्न पाउने विषय सबैभन्दा विवादित बनेको छ। सत्ता गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमालेका सांसदहरु तथा नागरिक अगुवाहरुले उक्त सम्झौताको खुलेर विरोध गरेका छन् । सम्झौतामा पुन विचार गर्न तथा माफी माग्न सरकारमाथि दबाबब बढेको छ ।

LS Auto

कतिपयले यो सम्झौतालाई राष्ट्रहित विपरित, राष्ट्रघाती र दुई सरकार संचालनको अभ्यासको रुपमा समेत ब्याख्या गरेका छन् । चौतर्फी विरोध पछि यस विषयमा प्रधानमन्त्रीले नै स्पष्टिकरण दिनु परेको छ । संसदीय समितिमा काग्रेसहरुले प्रश्न उठाएपछि यस विषयमा जवाफ दिएका प्रधानमन्त्रीले सम्झौता भएको तर सिधै खर्च गर्न नदिइने बताए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थसचिव कृष्णहरि पुष्करले भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पु¥याउने सम्झौता गरेका थिए। यही सम्झौता विवादमा परेको हो ।

यो सहित नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन्। काठमाडौंमा बिहीबार सम्पन्न नेपालभारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो।

बैठकअघि नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो।बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो।

ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने उल्लेख थियो।त्यस्तै, बिहीबार दिउँसो दरबार मार्गस्थित याक एण्ड यती होटलमा नेपाल भारत संयुक्त आयोगको सातौं बैठक बसेको थियो।

यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि बिहीबार नै भएको छ।नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।त्यस्तै नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि सम्झौता भएको छ।

आयोगको बैठक सकेपछि भारतीय विदेशमन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्विटमार्फत् यसबारे उल्लेख गरेका छन्। गएको कात्तिक १९ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिका राहतका लागि पनि पाँचौं चरणको सामग्री पनि हस्तान्तरण भएको छ। यस्तै, साउद र जयशंकरले तीन वटा अन्तरदेशीय प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरेका छन्।

उनीहरूले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा मैनाहिया प्रसारण लाइनको संयुक्त उद्घाटन गरेका हुन्। काठमाडौंमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाल का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

विहान पशुपतिनाथको दर्शन गरेका उनी त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटनमा सहभागि भए । शुक्रबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी एनपी साउदले बिदाइ गरेका छन् ।खास गरी जयशंकरको भ्रमणमा भएको सम्झौतापछि नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ ।

बिहीबार नेपाल र भारतबिच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका भारत भ्रमणका क्रममा उक्त सहमति पत्रको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो ।वर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले दुई देशबिच भएको सम्झौतालाई ऐतिहासिक भनेको छ । नेपालले १० हजार मेगावाट बिजुली बिक्री गरेर बार्षिक ९ खर्ब आम्दानी गर्न सक्नेछ । यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले समेत विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास ब्यक्त गरेका छन् ।

उनले एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गरेका छन् । यस्तै विवादित बनेको २० करोड भारतीय दूतावासले सिधै खर्च गर्न पाउने सम्झौता भएपनि त्यसरी खर्च नहुने उनले प्रष्ट पारेका छन् । २० करोड खर्चको व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका हुन् ।

उनले भनेका छन्, ३ करोडबाट शुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो । हामीले मन्त्रीपरिषद्मा यो बारेमा लामो छलफल गरेर गरेका हौँ । मन्त्रीपरिषद्मा त्यो बारेमा लामै छलफल गरेका थियौँ । भारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ ।

विदेशमन्त्री जयशंकरले नेपालमा छाडेको प्रभाव र नेपालका नेताहरुले भुलेको कुटनैतिक मर्यादा हो, होटलमा लर्काे लागेर उनलाई भेट्न पूर्वप्रधानमन्त्रीहरु पुगेको विषय । जयशंकरले शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपनि विदेशमन्त्री जयशंकरले अन्य दलका नेताहरूलाई भने एउटा होटलमा भेट्न बोलाएका थिए ।

उनी म्यारियट होटलमा बसेको भए पनि नेताहरूलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए ।जयशंकरलाई भेट्न होटल पुग्नेमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् ।

यस्तै मधेसवादी नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटेका थिए ।परराष्ट्र मन्त्रालयले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक अरु नेताहरूसँगको भेटघाट आफूहरूको जानकारीमा नरहेको बताएको छ ।भारतको हेपाहा प्रबृत्तिविरुद्ध नेपालको जनस्तरमा हुने आलोचनाका बीच जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन चाहेको बताए । भारतले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ भन्ने मुल मन्त्र बनाएर गरिरहेको विकासमा नेपासहित छिमेकी मुलुकलाई पनि सँगै अघि लैजान खोजिरहेको बताए । उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसर पुगेर पूजा गरे।

त्यसक्रममा उनले पशुपति परिसरमै रुद्राक्षको बिरुवा रोपेका थिए। पशुपति पुगेको तस्विर एक्स (पहिला ट्वीटर)मा हाल्दै उनले दुई देशका जनताको कल्याणका लागि प्रार्थना गरेको बताएका छन्। उनले नेपाल भ्रमणका क्रममा सबै नेपालीलाई जोडेको क्रिकेटमा आफ्नो कुटनीति पनि प्रस्तुत गरे । क्यानका पदाधिकारीले केही खेलाडीसहित जयशंकरलाई भेटेका थिए।

नयाँ रंगशाला बनाइदिन गरेको आग्रहमा जयशंकरले जग्गाको व्यवस्थापन गर्न सक्नुहुन्छ भनेर प्रतिप्रश्न गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसको ठीक एक दशकपछि फेरि विश्वकपमा छनोट भएको छ।

जयशंकरले विश्वकपमा छनोट भएकामा बधाइ दिंदै विश्वकपको तयारीबारे पनि चासो देखाएको चन्दले बताए। जयशंकरले क्यानका पदाधिकारीसँग ‘विश्वकपको तयारीका लागि भारतका तर्फबाट के सहयोग चाहिन्छ? भनी सोधेका थिए। जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटमा सहयोग गर्ने आश्वासन दिएको जनाएका छन्।

ऐतिहासिक विद्युत व्यापार सम्झौतासहित केही विषयमा विवादित बनेको जयशंकरको नेपाल भ्रमण तपाईका नजर कस्तो रह्यो ? नेपाल भारतको सम्बन्ध पुन परिभाषित गर्नुपर्ने जयशंकरको अभिब्यक्तिको अर्थ के हो ? आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #जयशंकरको क्रिकेट कुटनीति#फर्किए जयशंकर#भारतीय विदेश मन्त्री एस जयशंकर#विवादको बिउँ

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.