NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

तीन महिनामा गाजामा के भयो ? इजरेली सेना के गर्दैछ ?

आइतवार पुस २२ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ मा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२२ पुष,विराटनगर ।

गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा एक्कासी घातक आक्रमण गरेपछि हमास र इजरायलबीच सुरु भएको युद्धको आज तीन महिना पूरा भएको छ । यो युद्धमा अहिलेसम्म १० नेपालीसहित २२ हजार ७०० बढिले ज्यान गुमाइसकेका छन्।

यस्तै अझै पनि हमासको कब्जामा रहेका नेपालका विपिन जोशीसहित १३२ जनाको अवस्था अज्ञात छ । बीचमा अस्थायी युद्धविरामका बेला केही बन्धकहरु रिहा भएका थिए । गाजाक्षेत्रमा इजरायलले जसरी युद्ध जारी राखेको छ यसलाई धेरैले नरसंहार भन्दै युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

यूएन लगायतले युद्ध रोक्न इजरायललाई दबाब बढाएको छ । दक्षिण अफ्रिका त इजरायल विरुद्ध अन्तराष्ट्रिय न्यायालय पुगिसकेको छ। तर इजरायल टसको मस भएको छैन् । बरु उसले यो युद्ध लामो समयसम्म जान सक्ने बताउँदै हमासको नाम मिटाइछाड्ने अठोट लिएको छ ।

यसक्रममा इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट गर्ने अभियान पूरा भएको पनि जनाएको छ । अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ ।इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले शनिबार मिडियाहरुसँग भनेका छन्, ‘उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने काम पूरा भएको छ ।

प्यालेस्टिनी समूहका सदस्यहरु अब कमाण्डरविना छिटफुट रुपमा मात्र केही क्षेत्रमा काम गरिरहेका छन् ।’ हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको हो । यस्तै ड्यानियलले अब गाजाको मध्य र दक्षिणी क्षेत्रमा सैन्य अभियान सुरु हुने र त्यो फरक तरिकाको हुने बताएका छन् ।

उनले भने, ‘मध्य गाजा क्षेत्रको शरणार्थी शिविर आतंकवादीहरुबाट भरिएको छ । दक्षिणमा खान युनिसमा भूमिगत सुरुङको सन्जाल छ । यसलाई समाप्त पार्न समय लाग्छ । हामी यसलाई अलग तरिकाबाट गर्ने छौं ।’

गत शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा इजरायलका लागि फेरि कहिल्यै खतरा नबनोस् भन्दै हमासलाई समाप्त पार्दै हमासको नियन्त्रणमा रहेका सबैलाई सुरक्षित तरिकाले मुक्त गराउन आफ्ना सेनालाई निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘जबसम्म हाम्रो लक्ष्य हासिल हुँदैन, तबसम्म युद्ध रोकिँदैन ।’

चौतर्फी दबावकाबीच इजरायली नेताहरुको यस्तो स्पष्ट र दृढ प्रतिबद्धता साथै मैदानमा उसको भीषण आक्रमण हेर्दा वास्तवमै इजरायलले लक्ष्य पुरा नगरी विश्राम नलिने नै देखिन्छ । यसैपनि सैन्य मामिलामा इजरायल विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूचीमा आउँछ ।

यसको गुप्तचर एजेंसी विश्वको शीर्ष एजेन्सिहरुमा एक रहेको छ । यद्यपी यस्तो शक्ति र दक्षताका बावजुद हमासले ७ अक्टुबरमा इजरायलमा हमला गरेर सबैलाई चकित बनाइदिएको थियो । तर अहिले इजरायलले गाजालाई चिहानघर बनाइदिएको छ ।

यद्यपी अझै पनि उसले संकल्प लिएजस्तै हमासका शीर्ष नेताहरुलाई भेटाउन सकेको छैन । युद्ध थालेको तीन महिना भयो तर इजरायलको हातमा हमासका मुख्य नेताहरु आउँन सकेका छैनन ।

खासमा हमासका मुख्य ५ शीर्ष नेतालाई इजरायलले खोजिरहेको छ । यी ती नेताहरु हुन् जो इजरायलको हात लागे हमासको ढाड भाँचिने छ । जस मध्येका एक हुन् याह्या सिनवार ।

याह्या सिनवार हमासका शीर्ष नेता हुन् । उनी ७ अक्टुबरमा इजरायलमा भएको हमलाको मास्टरमाइण्ड हुन् । उनलाई गाजाका सबैभन्दा शक्तिशाली नेता मानिन्छ । सिनवार इजरायलको कैदमा पनि रहेका थिए र झण्डै २४ वर्ष जेलमा विताएका थिए ।

एक इजरायली सेना गिलाद शालितको बदलामा इजरायलको जेलबाट एक हजार २७ प्यालेस्टाइनी रिहा हुँदा याह्या सिनवार पनि तिनमा सामेल थिए । अहिले तिनै सिनवार इजरायलका लागि टाउको दुखाई बनेका छन् ।

अर्का नेता हुन्, इस्माइल हानियेह । उनी हमासका पोलिटव्युरोका प्रमुख हुन् । उनले पनि कयौं वर्ष इजरायलमा एक मिस्त्रीका रुपमा काम गरेका थिए ।

हमासका संस्थापक शेख अहमद यासीनका निजी सहायकका रुपमा पनि इस्माइल हानियेहले काम गरिसकेका छन् । सन १९९२ मा उनी लेबनान गएका थिए । तरपछि गाजामै फर्किए ।

उनी गाजामा रियल एस्टेटको क्षेत्रमा एक प्रमुख नाम हुन् । यस्तै हमाका अर्का प्रमुख नेता हुन्, मोहम्मद दाएफ ।मोहम्मद दाएफ हमासको सैन्य बलका प्रमुख हुन् । जसलाई कयौं आत्मघाती हमलाहरुको मास्टरमाइण्ड मानिन्छ ।

हमासको रकेट आक्रमणहरु र गाजामा सुरुङहरुको संजाल निर्माणमा पनि मोहम्मद दाएफको नै धेरै हात रहेको विश्वास गरिन्छ । इजरायलको मोस्ट वान्टेड लिस्टमा दाएफ शीर्ष स्थानमा छन् ।

इजरायलले सात चोटी दाएफमाथि आक्रमण गरेको थियो तर हरेक पटक उनी बच्न सफल भएका छन् । यस्तै इजरायलको टाउको दुखाई बनेका हमासका अर्का नेता हुन्, मारवान इस्सा ।

उनी मोहम्मद दाएफका डिपुटी हुन् र हमासको सैन्य ईकाईमा नम्बर दुईमा पर्छन् । के मानिन्छ भने, मारवान इस्सा बास्केटबल प्लेयर थिए र इजरायलले पक्राउ गरेपछि उनी हमाससंग जोडिएका हुन् ।

उनी पनि इजरायली सैनिक गिलाद शालितको बदलामा छुटेका थिए । खासमा सो सट्टपट्टाका लागि उनकै भूमिका अहम रहेको थियो । यस्तै हमासका अर्का शीर्ष नेता हुन्, मोहम्मद सिनवार ।

मोहम्मद सिनवार हमास प्रमुख याह्या सिनवारका भाइ हुन् । उनी हमासको खान यूनिस ब्रिगेडका प्रमुख हुन् । इजरायलले उनलाई पनि कयौं पटक पक्राउ गर्ने प्रयास गरेको थियो, तर अहिलेसम्म सफल हुन सकेको छैन ।

हमासका यी पाँच शीर्ष नेताहरु इजरायलको हात नलागुन्जेल यो युद्ध सकिने देखिदैन । यसैबीच यता इजरायलमै नेतान्याहुको राजीनामा माग गरिएको छ । अझै पनि हमासको कब्जामा रहेका बन्धकहरुलाई रिहा नगरिएको भन्दै प्रदर्शन जारी छ ।

इजरायलमै रहेका उनीहरुका आफन्तहरुले यसको विरोधमा नेतन्याहू सरकारलाई हटाउनु पर्ने माग गरेका छन् । साथै युद्ध अन्त्य गर्न पनि माग गरेका छन् । मीडिया रिपोर्टका अनुसार, इजरायलका प्रमुख शहर तेल अवीवकोे होस्टेज स्क्वायरमा बन्धकहरुका हजारौं समर्थकहरुले शनिबार पनि प्रदर्शन गरेका थिए ।

यसक्रममा प्रदर्शनकारिहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । यस्तोमा स्वयं इजरायली अधिकारीहरुले बताएजस्तो हमाससंगको युद्ध निकै लामो समयसम्म जान सक्ने अवस्थाका बीच नेतान्याहु सरकारविरुद्ध इजरायलमै बढ्दै गएको आक्रोशबारे तपाइँका टिप्पणी के छन् ।

के इजरायल हमासका शीर्ष ५ नेताहरुसम्म पुग्न सक्ला ? आफ्ना विचार अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #तीन महिनामा गाजा#नेपाल टाइम्स् ट्रेडिंग#हमास-इजरायल#हमासका ५ पाण्डव

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.