×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

एन्टोनी ब्लिंकेनले दिए गाजा युद्ध अन्यत्र फैलिने चेतावनी

२३ पुष २०८०

२३ पुष,एजेन्सी ।
मध्यपूर्वको दौडाहामा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले गाजामा चलिरहेको युद्ध अन्य क्षेत्रमा पनि बढ्न सक्ने चेतावनी दिएका छन् । आइतबार यस्तो चेतावनी दिदै उनले यो युद्धले सिंगो पश्चिमी एशियाको सुरक्षालाई खतरा रहेको बताएका छन् । ब्लिंकेन अहिले इजरायलसहित अन्य अरब देशहरुको दौडाहामा आएका छन् ।

सोही क्रममा आइतबार दोहामा कतारका प्रधानमंत्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसंग उनले भेट गरेका थिए । सोही भेटपछि मीडियासंग कुरा गर्दै अमेरिकी विदेश मन्त्रीले त्यस्तो चेतावनी दिएका हुन् ।यस्तै उनले गाजाकै विषयमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग पनि भेटवार्ता गरेका छन् ।

Advertisement
Advertisement

उनीसँगको भेटपछि राजाले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताएका छन् । उनले गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिएका छन् । इजरायल र हमासबीच युद्ध जारी रहेको तीन महिना वितिसकेको छ ।

यो दौरान गाजामा २२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यता इजरायलका १२ सयभन्दा धेरैको मृत्यु भएको छ । यो युद्धमा लाखौं मानिसहरु विस्थापित भएका छन् । हालै हमासलाई समर्थन गर्दै आएको इरानमा पनि एक सयबढिको ज्यान जाने गरि भएको २ बम विस्फोटले स्थिति थप चिन्ताजनक बनेको छ ।

इरानले यसको आरोप इजरायलमाथि लगाएको थियो तर पछि आईएसआईएसले यसको जिम्मेवारी लिएको थियो । यता इजरालयले लेबनानमा रहेका हिजबुल्लाहमाथि पनि आक्रमण जारी राखेको छ । उता इरान समर्थित हूथी विद्रोहीहरुले प्यालेस्टाइनीहरुको समर्थनमा रेड सीमा लगातार व्यापारिक जहाजहरुमाथि आक्रमण गरिरहेको छ ।

यसले अन्तर्राष्ट्रीय शिपिंग रूटमा खतरा बढिरहरेको छ । गाजामा मानवीय संकट बढेको भन्दै कयौं देशहरु पनि इजरायलसंग चिढिएका छन् । इजरायलले भने स्पष्ट शब्दमा भनेको छ, कि हमाससंग उसको लडाई लामो समयसम्म चल्न सक्छ । जबसम्म सबै बन्धकहरु रिहा हुँदैनन् तबसम्म लडाई नरोक्ने इजरायलले बताएको छ ।

यसबीच अरब देशहरुमा रहेका अमेरिकी सैन्य अड्डाहरुमा पनि आक्रमण हुन थालेका छन् । जसको जवाफ अमेरिकाले पनि फर्काएको छ । रेड सीमा त गठबन्धन नै बनाएर संघर्षमा उत्रिएको छ । यस्तो पृष्ठभूमीमा नै अमेरिकी विदेशमन्त्रीले गाजाको युद्ध अन्यत्र अर्थात पश्चिम एसियामा सर्नसक्ने चेतावनी दिएको ।

यसबीच ब्लिंकेनले हमासले बन्धक बनाएकाहरुलाई चाडै मुक्त गर्नुपर्नेमा पनि जोड दिए । उनले गाजामा ठूलो संख्यामा भइरहेको विस्थापन र गहिरिदै गएको मानवीय संकटबारे पनि चिन्ता जनाए । सो क्रममा कतारका प्रधानमंत्रीले पनि गाजामा युद्धविरामका लागि छलफल चलिरहेको बताएका थिए ।

Advertisement

ब्लिंकेन आफ्नो अरब दौडाहाका क्रममा कतार पुग्नुअघि ग्रीस, टर्किए र जोर्डन पुगेका थिए । आज उनी साउदी अरब पुगेका छन् । साउदीमा ब्लिंकेनले क्राउन प्रिंस मोहम्मद बिन सलमानसंग छलफल गर्नेछन् । त्यसपछि उनी इजरायल पनि जाने बताइएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top