चितवनमा बोरामा भेटिएको २ शवको डेढ महिनापछि पहिचान

२२ पुस ८०, सोमबार

२३ पुष,एजेन्सी ।
चितवनमा बोरा भित्र प्याक गरेर फ्याँकिएको अवस्थामा भेटिएको एक महिला र पुरुषको शवको पहिचान भएको छ। चितवन प्रहरीले उनीहरु दुबै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ। दुबै जना भारतको मोतिहारीका बासिन्दा रहेका प्रहरीले जनाएको छ।

Advertisement

उनीहरुका आफन्तले शवको सनाखत गरेको प्रहरीले बताएको छ । गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो। अन्दाजी २८÷३० वर्षका महिला र पुरुषको शव भेटिए पनि पहिचान हुन नसकेपछि प्रहरीले उनीहरुको स्केच समेत सार्वजनिक गरेको थियो।

शवको पहिचना भएसँगै उनीहरुको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भइसकेको प्रहरीले जनाएको छ। हत्या गर्ने व्यक्ति पनि भारतीय नागरिक नै रहेको र उनी भारतमै अर्को हत्यामा संलग्न रहेकाले भारतीयले प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। भारतीय प्रहरीकै नियन्त्रणमा रहेकाले तत्काल नेपाल ल्याउन सम्भव नभएकाले नेपाल प्रहरीको टोली पनि भारत नै गएर बयान समेत लिन सुरु गरेको बताइएको छ।

Advertisement

विवाहपछिको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।विवाहपछि पनि अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै महिलाका श्रीमानले दुबै जनाको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

सुरुमा मृत भेटिएका महिला र पुरुषको शव पहिचान हुन नसकेपछि शवसँगै भेटिएका कपडा तथा विभिन्न हुलियाहरु सार्वजनिक गर्दै हुलियासँग मेल खाने व्यक्ति हराएको भए खबर गर्न प्रहरीले अनुरोध गरेको थियो।हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top