NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

सन्दीप क्रिकेटबाट विदा भए, क्यानले गर्याे निलम्बन

बिहिबार पुस २६ , २०८०
Reading Time: 1 min read
A A
चर्चित भारतीय बलरहरु सन्दीपभन्दा पछि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ पुष,काठमाण्डौ ।
जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएर ८ वर्षको जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसलाअनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्। यसअघि लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै राष्ट्रिय टीमबाट अलग भएको जानकारी गराएका थिए ।

LS Auto

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् । यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन्। पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए। प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो।

मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए। यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।

उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए। तर, काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। सरकारी पक्षले पीडित किशोरी नाबालिग रहेको भनेर कैद सजाय मागदाबी गरे पनि जिल्ला अदालतले पीडित किशोरीलाई बालिग ठहर गरेको थियो।

सन्दीपले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी गरेका छन्। उनका कानुन व्यवसायीले जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावलोकनका लागि तयारी भइरहेको बताएका छन्। सन्दीपलाई सजाय तोकिएपनि तत्काल जेल भने जानु पर्ने छैन् । उनी कम्त्तिमा सय दिनसम्म बाहिरै बसेर पुनरावदेन दिँदै न्यायका लागि लड्न सक्नेछन् ।

Tags: #सन्दीप आर्थिक समस्यामा#सन्दीप क्रिकेटबाट विदा भए#सन्दीपले   क्रिकेट खेल्न नपाउने

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.