×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीप क्रिकेटबाट विदा भए, क्यानले गर्याे निलम्बन

२६ पुष २०८०

२६ पुष,काठमाण्डौ ।
जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएर ८ वर्षको जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो।

Advertisement
Advertisement

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसलाअनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्। यसअघि लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै राष्ट्रिय टीमबाट अलग भएको जानकारी गराएका थिए ।

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् । यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन्। पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए। प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो।

मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए। यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।

उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए। तर, काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। सरकारी पक्षले पीडित किशोरी नाबालिग रहेको भनेर कैद सजाय मागदाबी गरे पनि जिल्ला अदालतले पीडित किशोरीलाई बालिग ठहर गरेको थियो।

Advertisement

सन्दीपले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी गरेका छन्। उनका कानुन व्यवसायीले जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावलोकनका लागि तयारी भइरहेको बताएका छन्। सन्दीपलाई सजाय तोकिएपनि तत्काल जेल भने जानु पर्ने छैन् । उनी कम्त्तिमा सय दिनसम्म बाहिरै बसेर पुनरावदेन दिँदै न्यायका लागि लड्न सक्नेछन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top