हुथीको अखडामा अमेरिकी आक्रमण, १४ मिसाइल ध्वस्त

४ माघ ,एजेन्सी ।

अमेरिकाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको दाबी गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल प्रहार गर्ने तयारी गरिरहेकाले आफूले पहिले आक्रमण गर्नुपरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले बुधबार हुथीले प्रहारका लागि तयार अवस्थामा राखेको १४ मिसाइललाई लक्ष्य गरी आक्रमण गरिएको जनाएको छ ।

अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘ती क्षेप्यास्त्रले यस क्षेत्रमा अवस्थित व्यापारी जहाज र अमेरिकी नौसैनिक जहाजका लागि खतरा खडा गरेको छ र तस् जुनसुकै बेला प्रहार गर्न सकिन्छ । यस कारण अमेरिकी सैनिकले आत्मरक्षाको अधिकार र जिम्मेवारीलाई पालना गर्नुपरेको हो।

‘हामीले उठाएका यी स्ट्राइक र अन्य कदमले लाल सागर, बाब अलमन्डब र एडेनको खाडीमा अन्तर्राष्ट्रिय र व्यावसायिक ढुवानी गतिविधिमा आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई कम गर्नेछ’, अमेरिकाले भनेको छ । यता इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् । उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ ।

यसअघि जनवरी ७ तारिखमा इजरायलको एउटा गाउँमा एकै घरमा चारजना दाजुभाईसहित सात जनाको आक्रमणका क्रममा ज्यान गएको थियो । इजरायलले उनीहरु विद्रोही समूह रहेको दाबी गर्दै आएको छ । तर वेष्ट बैंकले मारिनेमा कृषि क्षेत्रमा काम गर्ने श्रमिक रहेको भन्दै इजरायलविरुद्ध विभिन्न प्रमाणहरु देखाइरहेको खबरमा उल्लेख छ ।

इजरेली राष्ट्रपति नेतन्याहुले हमासको अस्तित्व गाजा क्षेत्रबाट समाप्त नगरुन्जेलसम्म आक्रमणमा कुनै परिवर्तन नहुने बताउँदै आएका छन् । यद्यपि पछिल्लो समय गाजामा खाद्यान्न आपूर्तिका लागि भने हमास र इजरेलबीच सम्झौता भएकोछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top