×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

पुस्तकालय खोल्न एक नेपालीले गरे १३ लाख सहयोग

५ माघ, विराटनगर ।
भनिन्छ,आफ्नो जन्मभूमिको महत्व र माया विदेश पुगेपछि मात्रै अनुभव गर्न पाइन्छ ।यसैले पनि होला विदेशिएका नेपालीहरु जन्मभूमिप्रतिको ऋण कहिल्यै तिर्न नसकिने भन्दै देशको विकासमा विभिन्न माध्यमबाट जोडिदै आएका छन् ।

यसरी नै विदेशमा बसेर आफ्नो जन्मभूमिको उन्नयनप्रति क्रियाशील अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ । उनकै समन्वयमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् सप्तरीको कञ्चनरूप नगरपालिका १२ रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको जानकारी क्याम्पसले जनाएको छ।

Advertisement
Advertisement

नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा नेपालीहरूद्वारा सञ्चालित नेपाली पाठशालालाई भट्टराईले ‘ग्लोबल नेपाली पाठशाला’ मा रूपान्तरण गरेका थिए । करिव ६ वर्ष उक्त पाठशालाको प्रिन्सिपलका रूपमा नेतृत्व गरेका विजयले टेक्ससका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।

सोही फाउण्डेसन मार्फत् रूपनगरमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि उनले झण्डै १३ लाख रूपैयाँ सहयोग गर्ने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाका अनुशार पुस्तकालयमा भौतिक पुस्तकका साथै केही हजार इ–पुस्तकसमेत राखिनेछ ।

Advertisement

पुस्तकालयमा पत्रपत्रिका, कम्प्युटर र इन्टरनेटसमेतको सुविधा उपलब्ध हुनेछ । प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्थासमेत हुनेछ। अहिले पुस्तकालयका लागि फर्निचर निर्माणदेखि पुस्तक संकलन कार्य भइरहेको छ। पुस्तकालय २०८१ वैशाख १ गते उद्घाटन गर्ने तालिका छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top