×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?

९ माघ २०८०

९ माघ, विराटनगर ।
नेपाली राजनीतिमा दलहरुका नेताहरुबीच आरोपप्रत्यारोप नयाँ कुरा होइन । न त उनीबीच जुनसुकै बेला पनि हुनसक्ने मेलामिलाम नै नयाँ हो । यहाँ रातारात पार्टीहरु जुट्ने र फुट्ने चलन चल्दै आएकै छ । विहानसम्म घमासान मनमुटाव र परस्पर विरोधीहरु बेलुका सुटुक्कै सहयात्री बनेर चकित पारिदिने देश हो नेपाल । एउटा गठबन्धनभित्र अनेकन उपगठबन्धन अनि उही समयमा विपक्षीसंग पनि मोर्चा हेर्न अन्त कतै जान पर्दैन ।

यस्ता दुर्लभ उदाहरण नेपालमै प्रशस्तै छन् । यो पृष्ठभूमिमा जब दलका शीर्ष नेताहरु आपसमा छलफलमा जुट्छन्, जनताका मनमा अब चाहीँ यिनले केमा साँठगाँठ गर्न लागे भनेर चिसो पस्छ । किनभने यदाकदा बाहेक प्राय शीर्षहरुको बैठक यस्तै साँठगाँठ, मोलमलाई, भागभण्डाकै लागि बस्ने गरेको जो छ ।

Advertisement

तर जनताले शीर्ष नेताहरुको भेटघाट र छलफललाई साँठगाँठको नजरले हेरेको विषयले चाहीँ नेताहरुलाई निकै घोचेको छ । त्यही भएर होला प्रचण्ड र ओली आफूहरुको भेटघाटलाई लिएर नकारात्मक टिप्पणी बढि भयो भन्न थालेका छन् । तर प्राय गोप्य हुने गरेका यस्ता भेटघाटले आशंका उब्जाउनु स्वभाविक नै हो ।

किनभने खुल्लारुपमा देश र जनताका लागि नेताहरुले छलफल, बहस गरेको सुनिएकै छैन । अरु त अरु, देश यस्तो आर्थिक संकटतर्फ उन्मुख छ, यसतर्फ समेत शीर्षहरुले मन्थन गरेको देखिएकै छैन । यस्तोमा जनताले नेताहरुले जे देखायो त्यहि नै देख्ने हो । आज भने दुई शीर्ष नेताहरुबीच केही फरक दृश्य देखियो ।

आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका थिए । प्राय आआफ्नो स्वार्थका लागि छलफल कम बार्गेनिंग बढि हुने गरेका यस्ता भेटघाट आज भने जनताका सवालमा केन्द्रित देखिए । आजको भेटमा एमाले अध्यक्ष ओलीले मध्यपहाडका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी दल एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो । त्यसक्रममा देखिएका समस्या एकीकृत गरेर समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझाव समेटिएको ध्यानाकर्षण–पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् । एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङ सम्मको १८ दिने यात्रा गरेको थियो । त्यसक्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग एमालेले प्रधानमन्त्रीलाई बुझाएको हो ।

जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन् । सो ध्यानाकर्षण–पत्रमा मध्यपहाडी लोकमार्गको एलाइन्मेट चेञ्जका योजना समेत उल्लेख गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा बन्न लागेको १० ठुला सहरका काम रोकिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताएका छन् । यी विषयको कार्यान्वयनको लागि पार्टीको तर्फबाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएको ज्ञवालीले बताए ।

ध्यानाकर्षण–पत्रमा मध्यपहाडमा देखिएका विकासका सम्भावनाबारे पनि प्रकाश पारिएको ज्ञवालीले बताए । पूर्वाधार विकासमा मध्यपहाड अगाडि बढ्दै गएको, फलफूल उत्पादनको राम्रो सम्भावना रहेको, खनिज, जलश्रोतको अथाह भण्डार रहेकोले मध्यपहाड समृद्धिको केन्द्र बन्न सक्ने उनले स्पष्ट पारे । मध्यपहडाका चुनौतीका विषयमा पनि सरकारलाई ध्यानाकर्षण गराएको उनले बताए ।

बसाइसराइ मध्यपहाडको प्रमुख चुनौती रहेको उनले प्रष्ट पारे । बसाइसराइ रोक्नको लागि नेपालमा केही हुँदैन भन्ने मनोवृत्तिलाई चिर्न सरकारले ठोस कदम चाल्नु पर्नेमा उनले जोड दिए । वस्तुको उत्पादन भएको भए पनि त्यसले उचित मूल्य नपाएको कुरामा सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिए । त्यस्तै वन्यजन्तुले बाली नष्ट गर्दा खेती नै लगाउन छाडेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

मध्यपहाडको यात्राको क्रममा अहिले पनि भूमिहीन सुकुम्वासीको समस्या देखिएकोले त्यसको समाधानमा ठोस कदम चाल्न सरकारलाई एमालले सुझाव दिएको छ । त्यस्तै जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि सरकारलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

कर प्रशासकहरूको अति रुखो व्यवहार, भ्रष्टाचार र बेथितिले गर्दा व्यवसाय बन्द हुँदै गएका, विकास निर्माणका काम ठप्प भएका, बजेट विनियोजनमा पूर्वाग्रह राखिएको, एमालले सुरु गरेका केही राष्ट्रिय महत्वका योजनालाई पूर्वाग्रह राखी असफल बनाउने प्रयास भएको प्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

जाजरकोट भूकम्प पीडितको व्यवस्थापन र पुनर्निर्माणमा सरकार असफल भएको पनि एमालेको ठहर छ । सरकारले अस्थायी आवास र न्यानो कपडा व्यवस्थापन गर्न नसक्दा ३४ जना भूकम्पपीडितको कठाङ्ग्रिएर ज्यान जानु लज्जाको विषय भएको एमालेले जनाएको छ । यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले बताए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विद्यामान समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्न सकिने विषय सरकारको नीति, कार्यक्रम र बजेटमै समावेश गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका हुन् ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको उनले ओलीसहितका एमाले पादाधिकारीलाई बताएका हुन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए ।

एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्रीलाई जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ ।

सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराएको छ । एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ ।

यसरबारे तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top