NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

राष्ट्रिय सभा निर्वाचन जारी, बेलुकासम्म नतिजा आइसक्ने

बिहिबार माघ ११ , २०८०
Reading Time: 1 min read
A A
राष्ट्रिय सभा निर्वाचन जारी, बेलुकासम्म नतिजा आइसक्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ माघ ,काठमाडौं ।

राष्ट्रिय सभाको १९ सिटका लागि आज सातै प्रदेशमा मतदान हुँदै छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । जसका लागि जनमोर्चाबाट दुर्गा पौडेललाई सिफारिस गर्ने सत्तारुढ दलहरुबीच समझदारी बनेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् ।

कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ ।

सोही बमोजिम यतिबेला सातै प्रदेशमा मतदान जारी छ । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । सोहीअनुसार मतदान भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१ सय रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४ हजार ४५७ रहेको छ भने एमालेको मतभार १ हजार ४८० छ । यता कोशी प्रदेशमा पनि मतदान जारी छ ।

दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार छन् । एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार छन् । अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ । केही मत क्रस गराएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा एमाले–राप्रपा गठबन्धन छ । मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको दिन प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेश बन्द घोषणाको आंशिक प्रभाव परेको छ । बन्दले राष्ट्रिय सभा निर्वाचनलाई असर गरेको छैन ।

राष्ट्रिय सभाका दुई सदस्य चयन गर्न मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहान नौ बजेदेखि मतदान जारी छ । बागमती प्रदेशमा ४ सिटका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन् । ६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तै गण्डकीमा पनि बिहान ९ बजेबाट मतदान शुरु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ।

Tags: #राष्ट्रिय सभा निर्वाचन

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.