निर्मला पन्त हत्या प्रकरण :अभियुक्त मानिएका दिलिपसिंह र बम दिदीबहिनी रिहा

निर्मला पन्त हत्या प्रकरण :अभियुक्त मानिएका दिलिपसिंह र बम दिदीबहिनी रिहा

कंचनपुर,भदौ २७
कंचनपुरकी निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले आज विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए । विष्टसँगै आँचल भनिने रोशनी बम र अनिता बम पनि छुटेका छन् ।

जिल्ला अदालतले आँचललाई साधारण तारेखमा र अनितालाई ३० हजार धरौटीमा छाड्ने आदेश भएको कञ्चनपुरका एसपी कुवेरसिंह कडायतले जानकारी दिए । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको समेत प्रहरी उपरीक्षक कडायतले बताएका छन ।

निर्मला पन्तको हत्या छानविन समितिका सदस्य उपसचिव विरेन्द्रबहादुर केसीले राजनीनामा दिएपछि भने घटना थप पेचिलो बनेको छ । साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उखुबारीमा शब भेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.