×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब मेसीको भिड्न्त रोनाल्डोसँग,कतार क्वाटरफाइनलमा

१६ माघ २०८०

१६ माघ ,एजेन्सी ।

अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनल मेसीको टोलीले साउदी अरबमा हार व्योहोरेको छ । साउदी भ्रमणमा रहेको इन्टर मायामी मैत्रीपूर्ण खेलमा अल हिलालसँग पराजित भएको हो । सोमबार अल हिलालसंग इन्टर मायामी ४–३ ले पराजित भएको थियो ।

Advertisement
Advertisement

किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । मायामीका लागि मेसी, लुइस स्वारेज, र डेविड रुइजले गोल गरे । १०औं मिनेटमा मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो ।

तीन मिनेटपछि नै हमदमले टोलीको अग्रता दोब्बर बनाए । स्वारेजले ३४ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे । मायामी आबद्ध भएपछि स्वारेजको त्यो पहिलो गोल हो । माइकलले ४४ औं मिनेटमा गोल गर्दा अल हिलालले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा एक मिनेटमा मायामीले २ गोल गरेपछि खेल रोमान्चक बनेको थियो । ५४ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गरे भने ५५ औं मिनेटमा रुइजले गोल गरेपछि खेलमा ३–३ को बराबरी भएको थियो । तर खेल सकिन २ मिनेट बाँकी रहँदा माल्कोमले गोल गरेका थिए ।

त्यहि गोल खेलको निर्णायक बनेको थियो । मेसीको नेतृत्वमा रहेको टोलीले अब बिहीबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासारको सामना गर्नेछ । यता प्यालेस्टाइनविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३७औं मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिएको थियो । तर, कतार पहिलो हाफमा नै खेलमा बराबरी गर्न सफल भएको थियो । इन्ज्युरी समयको छैटौं मिनेटमा हसन अल हेयदसले बराबरी गोल फर्काएका थिए ।

Advertisement

४९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई आक्राम अफिफले गोलमा परिणत गरेपछि कतारले अग्रता बनाएको थियो । त्यसलाई जोगाउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलमा खेल हुनेछन् । नेपाली समयअनुसार साँझ ५ः१५ बजे उज्वेकिस्तान र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ । राति ९ः४५ मा साउदी अरेबिया र दक्षिण कोरियाले एकअर्काको सामना गर्नेछन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top