×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैंककमा चिनियाँ र अमेरिकीबीच वार्ता, के भयो कुरा ?

१६ माघ २०८०

१६ माघ , एजेन्सी ।

ताइवानलाई लिएर सम्बन्ध चिसो भएकाबेला अमेरिका र चीनका उच्च अधिकारीबीच बैंककमा भेटवार्ता भएको छ । व्हाइट हाउसले सोमवार यसबारे जानकारी दिदै अमेरिकाका राष्ट्रीय सुरक्षा सचिव ज्याक सुलिभान र चिनियाँ विदेशमन्त्री वांग यीबीच थाइल्याण्डको बैंककमा महत्वपूर्ण बैठक भएको बताएको हो ।

Advertisement
Advertisement

यो बैठक १२ घण्टा लामो चलेको र यसमा कयौं महत्वपूर्ण मुद्याहरुमा छलफल भएको व्हाइट हाउसका प्रवक्ता जन किर्बीले बताएका छन् । जन किर्बीले भने सुलिभान र वांग यीले नोभेम्बरमा राष्ट्रपतिद्वय जो बाइडेन र सि जिनपिंगबीचमा भएको बैठकमा जुनजुन मुद्दाहरुमा कुराकानी भएको थियो, तिनको प्रगतिमा चर्चा भयो ।

साथै दुई सेना–सेनाबीचमा कम्युनिकेशन, आर्टिफिशियल इंटेलीजेंसको सुरक्षा र खतराहरु तथा काउंटर नारकोटिक्समा द्विपक्षीय सहयोगका बारेमा कुराकानी भएको छ । अमेरिका र चीनबीच नारकोटिक्स मुद्दामा वर्किंग ग्रुपको गठन पनि भइसकेको छ ।

साथै दुवै देशबीच रूस–यूक्रेन युद्ध, पश्चिम एशियामा विग्रिदो अवस्था, उत्तर कोरिया, दक्षिण चीन सागर र म्यांमारका मुद्दामा पनि छलफल भएको बताइएको छ । यसबीच नेटोले भने चीन–अमेरिका नजिकिएको विषयमा असन्तुष्टि जनाएको छ ।

नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले चेतावनी नै दिएका छन् । अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकनसंग एक प्रेस कन्फ्रेंसका क्रममा उनले भने अमेरिका र अन्य सहयोगी देश चीनको साथ छलफल गरिरहेका छन् । यो राम्रो कुरा हो । तर साथै हामीले यो कुरामा पनि ध्यान राख्नु पर्छ कि चीनले तिव्र गतिमा आफ्नो सैन्य शक्ति बृद्धि गरिरहेको छ ।

यसको अलावा उ यूक्रेनयुद्ध पछि रूससंग ज्यादा नजिकिएको छ र चीनले रूसलाई लगातार सहयोग पनि गरिरहेको छ । स्टोल्टेनबर्गले अगाडि भने ’हो, चीनको अर्थव्यवस्थाको आकार र बढ्दो सैन्य शक्ति नेटो र यसका सहयोगीहरु कालागि चुनौती हो । साथै यो अमेरिकाका लागि पनि चुनौती हो ।

अमेरिका, नेटोको सबैभन्दा ठूलो सहयोगी हो । तर अमेरिकालाई पनि नेटोबाट निकै फाइदा भइरहेको छ । र नेटोका अगाडि रुस र चीन कहि पनि टिक्दैनन् । विश्वको अर्थव्यवस्थामा अमेरिकाको जीडीपी २५ प्रतिशत छ तर नेटोका साथ हामी कुल विश्वको जीडीपीमा ५० प्रतिशतको हिस्सेदारी राख्दछौं ।

साथै विश्वको कुल सैन्य शक्तिको आधा भाग पनि नेटोसंगै छ।’ नेटो महासचिवले भने, ’यस्तोमा अमेरिकाले चीनका साथ एक्लै वार्ता गर्नुको कुनै कारण नै छैन । हामी साथमा निकै बलियो छौं र अमेरिकाका लागि नेटोका साथमा रहनु धेरै लाभदायक छ । स्टोल्टेनबर्गले भने, आज विश्व निकै खतरनाक भएको छ र यस्तो बेला नेटोको भूमिका र महत्व अहम छ।’

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top