×

NEPAL TIMES UPDATES

Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026

यू–१९ विश्वकपः भारत सेमिफाइनलमा ,नेपालको फराकिलो हार

२० माघ २०८०

२० माघ ,काठमाडौँ ।
नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत भने अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । समूहचरणमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्सको यात्रा तय गरेको नेपाल आफ्ना खेल अघिनै सेमिफाइनल सम्भावनाबाट बाहिरिएको थियो ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । शनिबारको खेलमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भारतले जितका लागि २९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रनमा समेटियो । नेपालका लागि कप्तान देव खनालको ३३ रन सर्वाधिक रह्यो ।

Advertisement
Advertisement

त्यस्तै थप दोहोरो स्कोरका रुपमा दिपक बोहराले २२ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमालले २६ रन बनाएका थिए । यि दुईबिच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएपनि त्यसपछि भने नेपाली इनिङ समालिन सकेन् । थप दोहोरो स्कोरका रुपमा १० औं नम्बरमा आएका आकाश चन्दले १८ र ११ औं नम्बरमा आएका दुर्गेश गुप्ताले २९ रन बनाएका थिए ।

उनीहरुले १० औं विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । भारतका लागि सौम्य पाण्डेले ४ विकेट लिंदा आर्सिन कलकर्नीले २ तथा राज लिम्बानी, आराध्या शुक्ला र मुर्गन अभिसेकले समान १–१ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान उदय शाहरन र सचिन दासले शतक पुरा गर्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो ।

भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र शाहरनले चौथो विकेटका लागि २ सय १५ रनको साझेदारी गरेका थिए । दासले १ सय १ बलको सामना गर्दै ११ चौका र ३ छक्काको सहयोगमा १ सय १६ रन बनाएर आउट हुँदा कप्तान शाहरनले १ सय ७ बलमा १०० रन बनाएर आउट भए ।

Advertisement
Advertisement

उनले आफ्नो इनिङमा ९ चौका प्रहार गरेका थिए । नेपालका लागि गुल्सन झाले तीन विकेट लिंदा आकाश चन्दको नाममा एक विकेट रह्यो। मोलीया भने रनआउट भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top