×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

नोबेलमा कोशी प्रदेशमै पहिलो पटक पाठेघर भित्र विना चिरफार उपचार

२१ माघ २०८०

२१ माघ, विराटनगर । कोशी प्रदेशमै पहिलो पटक विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एन्डलमा इन्टरभेन्सनल रेडियोलोजी प्रविधीबाट पाठेघर भित्रको रगतको नशाको गुजुल्टोको विना चिरफार सफल उपचार गरिएको छ ।

मासिकश्राव गडबड हुने समस्याबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोबेलको प्रसुती तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोजोली विभागको समन्वयमा विना चिरफार उपचार गरिएको र पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार सम्पन्न भएको नोबेलले जनाएको छ ।

Advertisement
Advertisement

मझरियाकी एक महिला विगत धेरै वर्ष देखि महिनाबारी गडवड हुने, मासिकश्रावको समयमा अत्यधिक रगत बहने समस्याबाट ग्रसित थिइन् । विवाह पछि दुई पटक गर्भ खेर गएको र एक पटक पाठेघरको नलीमा गर्भाधारण भई अपरेशन गरी नलीनै फालिसकेको र मासिकश्रावको समस्या यथावत नै रहेकोले स्थानीय एक नर्सिङ्ग होममा उपचार गराउदै गर्दा उनलाई भारत स्थित एम्स हस्पिटलमा रिफर गरिएको थियो । तर भारत जान खर्च अभाव भएपछि नोबेलमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले परीक्षण गर्ने क्रममा पाठेघरमा रगतको गुजुल्टो रहेको पाएकी थिइन् ।

डा. सुवेदीका अनुसार “विरामीको अल्ट्रासाउण्ड गर्दा उनको पाठेघरमा पानीको पोखरीमा भुमरी आएको जस्तो देखिने रगतको गुजुल्टो रहेको थियो जसलाई मेडिकल भाषामा आर्टेरियोभेनस मालफरमेशन भनिन्छ । विरामीलाई यसैले गर्दा रगत बढी बहने र समस्याहरु आएको थियो । यसको उपचारको लागि कि त पाठेघर नै फाल्नु पर्ने हुन्थ्यो तर पाठेघर जोगाउन अल्ट्रासाउण्डको रिपोर्ट र विरामीले नर्सिङ्ग होममा नै गराएर आएको एमआरआईको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाबाट इन्टरभेन्सनल रेडियोलोजी प्रविधीको सहायताले रगतको गुजुल्टोको उपचार सफल भएको उनले बताएकी छन् ।

खर्चको हिसाव गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि खर्च नलागेको उनले बताएकी छन् । नोबेलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. देवकोटाका अनुसार यूटेराइन आर्टरी इम्बोलाइजेसन भन्ने प्रविधीबाट उपचार पछि विरामी महिलाको पाठेघरबाट रगत बग्न रोकिएको छ ।

विरामीका परिवारले समेत नाबेलमा सफल उपचार भएको भन्दै खुशी ब्यक्त गरेका छन् । यूटेराइन आर्टरी इम्बोलाइजेसन प्रविधीको उद्देश्य भनेको पाठेघरमा हुने रक्तप्रवाहलाई रोक्नु हो । यो गर्नलाई पेट चिरेर ठूलो अपरेशन गर्नु पर्दैन । निडिल, मसिनो तार र पाइप जसलाई वायर, क्याथेटर र माइक्रोक्याथेटर भनिन्छ त्यसको सहायताले रगतको नलीबाट छिरेर एन्जियोग्राफिको सहायताले पाठेघरमा जाने रगतको नशाहरु पहिचान गरी जुन रगतको नशालाई थुन्न पर्ने हो त्यसलाई विभिन्न पदार्थहरुको सहायताले थुन्ने गरिन्छ ।

कस्ता विरामीलाई यो प्रविधीले फाइदा पु¥याउछ ?

डा. देवकोटाका अनुशार “यो त्यस्ता विरामीहरु जसको हिस्टेरोक्टोमी अर्थात पाठेघर फ्याल्न नसकिने वा भविष्यमा बच्चा जन्माउन इच्छा भएका विरामीहरु, साना उमेरका विरामीहरुलाई फाइदाजनक हुन्छ । यसले अनावश्यक रक्तश्रावलाई रोक्ने कार्य गर्दछ र पाठेघरलाई सुरक्षित राख्न सकिन्छ ।

त्यस्तै फाइब्रोइड यूटेरस वा पाठेघरमा ऐजेरु पलाएका विरामीहरुलाई पनि ऐजेरुलाई रगत प्रवाह गर्ने नलीलाई बन्द गरेर पाठेघर जोगाउन सकिन्छ भने कुनै कुनै महिलाहरुलाई प्रसुती पछि अत्याधिक रगत बहने समस्या हुने हुन्छ । त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट रक्तश्राव रोक्न सकिन्छ ।

यस्तै विभिन्न कारणले पाठेघरमा रगतको नशा गुजुल्टो पर्ने समस्यामा पनि यो प्रविधी प्रभावकारी हुन्छ । यो प्रविधीको फाइदा भनेको पेट चिर्नु नपर्ने, शल्यक्रिया समेत गर्नु नपर्ने तथा रगतको नशाबाट सानो तार क्याथेटर छिराएर गरिने भएकोले अस्पताल बसाई पनि छोटो हुन्छ । निको हुने समय पनि छोटो हुन्छ र पाठेघरलाई जोगाउन सकिने भएकोले भविष्यमा बच्चा जन्माउन पनि सकिने हुन्छ ।

Advertisement
Advertisement

नोबेलले निकट भविष्यमा क्यान्सरका विरामीहरुलाई सुविधासम्पन्न रेडियो थेरापी सेवा पनि सुरु गर्ने योजना बनाएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलकी प्रवन्ध निर्देशक इन्दिरा शर्मा बरालले जानकारी दिएकी छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top